नेपालले एमसीसी सम्झौता पारित गरेकोमा अमेरिकी सांसदले दिए धन्यवाद स् थप सहयोग गर्ने प्रतिबद्धता

२ बर्ष अघि

२0७९ बैशाख १0 शनिबार

नेपालले एमसीसी सम्झौता पारित गरेकोमा अमेरिकी सांसदले दिए धन्यवाद स् थप सहयोग गर्ने प्रतिबद्धता

काठमाण्डौ ।  नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन् । 

नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाण्डौको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेका थिए । नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राखेको समूहका संयोजक डा। मिनेन्द्र रिजालले जानकारी दिनु भयो ।

अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुका साथै नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको थियो ।

‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाको लागि र नेपालको समावेशी विकासका लागि सहयोग पुर्‍याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ, जुनसुकै सरकार भए पनि । त्यो सहयोग निरन्तर रुपमा रहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयोु, समूहका संयोजक डा। रिजालले भन्नु भयो, ुनेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नविकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, दक्षिण एशीयाका लागि भन्ने कुरा हामीले राख्यौं । त्यसमा उहाँहरुले सन्तोष व्यक्त गर्नु भयो । अनि नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पुर्‍याएको सहयोगको बारेमा कुरा गरियो । र, उहाँहरुले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।’

दुई देशबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गर्नु भएको हो । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्वीपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।