व्याँसमा नेपाली कांग्रेसलाई झटकाः प्रतिक्ष तिंकरी एमाले प्रवेश

२ बर्ष अघि

२0७९ बैशाख १0 शनिबार

व्याँसमा नेपाली कांग्रेसलाई झटकाः प्रतिक्ष तिंकरी एमाले प्रवेश

दार्चुला । व्याँसमा नेपाली कांग्रेस पार्टीलाई चुनावको मुखमा झट्का लागेको छ । लामो समयदेखि नेपाली काग्रेस पार्टीमा क्रियाशिल रहेका प्रतिक्ष तिंकरीले नेकपा एमाले प्रवेश गरेका छन् । व्यास गाउँपालिका वडानम्बर १ घर भएका तिंकरीले नेपाली कांग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गरेको नेकपा  एमाले व्यास गाउँपालिका कमिटिले जनाएको छ ।  तिंकरीलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्वमन्त्री गणेशसिह ठगुन्नाले पार्टिमा स्वागत गरेका छन् ।