माघ २५ गते देखि फागुन २ गते सम्म दार्चुला महोत्वसव हुने

६ बर्ष अघि

२0७५ भाद्र २३ शनिबार

माघ २५ गते देखि फागुन २ गते सम्म दार्चुला महोत्वसव हुने

दृष्टीकोण समाचार, भाद्र २३ दार्चुला । आगामी माघ २५ गते देखि फागुन २ गते सम्म दार्चुलामा महोत्सवको आयोजना गरिने भएको छ । “अपि नाम्पा चौलानी र महाकालीको काख, कैलाश मालिकार्जुनको आगन दार्चुलाको शाख” भन्ने मुल नाराका साथ दार्चुलामा पर्यटन तथा व्यापार महोत्वसवको आयोजना गरिने शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा दार्चुला जिल्लामा स्थानिय स्तरमा उत्पादन हुने वस्तुहरुको प्रचार प्रसार गर्ने, स्थानिय कला संस्कृतिको जगेर्ना गर्नुका साथै दार्चुला जिल्लाको समग्र विकासका लागि महोत्वसवको आयोजना गरीने उद्योग वाणिज्य संघका सचिव सर्पराज बडुले बताउनु भयो । महोत्वसवका लागि स्थानिय तह तथा संघ संस्थाहरुहरुबाट खर्चको व्यवस्थापन गरीने अध्यक्ष ठगुन्नाले जानकारी दिनुभयो । 
त्रिदेशीय सीमा क्षेत्रमा अवस्थित दार्चुला जिल्ला हिमाली जिल्ला भएकाले यहाँ पाइने विभिन्न प्रकारका बहुमुल्य जडीबुटीहरु, ऊनबाट बनेका कपडा, अल्लोबाट बनेका तयारी पोशाक र दार्चुला जिल्लाको कला संस्कृतिलाई र्दसाउनको लागि महोत्वसव सुरु हुने दार्चुला उद्योग वाणिज्य संघ दार्चुलाले जनाएको छ ।