अढाई वर्षे भारतीय बालिकाद्वारा ७२ चित्र बनाएर कीर्तिमान

२ बर्ष अघि

२0७९ बैशाख १0 शनिबार

अढाई वर्षे भारतीय बालिकाद्वारा ७२ चित्र बनाएर कीर्तिमान

काठमाडौं । भारतको उडिसा रज्यको राजधानी भुवनेश्वरकी अढाई वर्षे बालिकाले सबैभन्दा धेरै चित्र बनाएर कीर्तिमान राखेकी छिन् ।

अढाई वर्षे अन्भी विशेष अग्रवालले ७२ चित्र बनाएर सबैभन्दा धेरै चित्र बनाउने बालबालिकाको कीर्तिमान बनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनी वर्ल्ड बुक अफ रेकर्ड्स र इण्डिया बुक रेकर्ड्समा समेत नाम लेखाउन सफल भएकी छिन् ।


भर्खरै हिड्न थालेकी उनले ९ महिनाको उमेरबाट चित्र बनाउन थालेको बताइएको छ । उनले चुम्बक, पेण्डुलम, रंगचक्रजस्ता ३७‍ भन्दा धेरै विधिको प्रयोग गरी ती चित्रहरु बनाएको एएनआईले जनाएको छ । यसअघि उनले २१ महिनाको उमेरमा विदेशी ९स्पेनी० भाषा सिकेर अर्को पनि कीर्तिमान बनाएको बताइएको छ ।

एएनआईसँग बोल्दै उनकी आमाले भनिन्, ‘कोरोना भाइरसका बेला बच्चालाई एकै समयमा व्यस्त बनाउनु र पढाउन निकै गाह्रो थियो । उनका लागि सामानको बन्दोबस्त गर्न पनि कठिन थियो, तैपनि उनको लगनशीलता र सिक्ने चाहनाका कारण उनले केबल अढाई वर्षको उमेरमा कीर्तिमान बनाउन सफल भएकी छिन् ।’