युवा नेता ठाकुर भन्छन् स् गठबन्धन गरेर देउवाले कांग्रेस जोगाएर कम्युनिस्ट सुताए, अहिले एकदुई सिट गएपनि परिणाम भविष्यमा देखिनेछ

२ बर्ष अघि

२0७९ बैशाख १0 शनिबार

युवा नेता ठाकुर भन्छन् स् गठबन्धन गरेर देउवाले कांग्रेस जोगाएर कम्युनिस्ट सुताए, अहिले एकदुई सिट गएपनि परिणाम भविष्यमा देखिनेछ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विकाशकुमार ठाकुरले सत्ता गठबन्धनको औचित्य पुष्टि भएको बताएका छन् ।

सर्लाहीबाट प्रतिनिधित्व गर्ने नेता ठाकुर विगतमा माओवादी, एकीकृत समाजवादी र जसपासँग कांग्रेसको गठबन्धनको विरोध गर्दै आएका थिए । तर सभापति शेरबहादुर देउवाले लिएको निर्णयको औचित्य पुष्टि भएको र गठबन्धन अपरिहार्य रहेको बताएका हुन् । उनले चुनावी तालमेलमा अहिले एक दुई सिट गए पनि गठबन्धनको नतिजा भविष्यमा देखिने पनि उल्लेख गरेका छन् ।

कम्युनिस्टहरु मिल्दा कांग्रेसले धेरै गुमाउनुपर्ने अवस्था आउथ्यो भन्दै उनले गठबन्धनले कांग्रेस बलियो बनाउने र कम्युनिस्ट कमजोर बनाउने काम गरेको दाबी गरेका छन् । अहिले गठबन्धन राजनीतिक आवश्यकता भएको उनको भनाइ छ ।

‘कसैले बोल्दैमा हुदैन, कुनै पार्टीले पनि एक्लै चुनाव लड्न सक्दैन् । नभए एमालेले राप्रपा, नेपाल परिवार दल, लोसपा र जोशी समुहहरुसँग मिलेर गठबन्धन गर्दैन्थ्यो । एमाले आतिएको छ भनेर बुझ्नु आवश्यक छ,’ उनले भनेका छन् ।

अर्कोतिर, कुनै कारणले गठबन्धन टुटेको भए प्रचण्ड(ओली मिल्ने सम्भावना रहेकोतर्फ उनले सचेत गराएका छन् । ‘आत्मलोचना गर्दै माधवलाई पनि भित्र्याउँथे । जसको प्रतिक्षामा केपी ओली बसिरहेका थिए । अनि त्यसपछिको अबस्था झन् भ्यावह हुने थियो,’ उनले चेतावनी दिएका छन् ।

‘अहिले केही साथीले टिकट नपाउँदेमा त्यति फरक पर्दैन किनकि प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा, समानुपातिक र विभिन्न राजनितीक नियुक्ति मार्फत धेरै साथीहरुलाई काम गर्ने अवसर दिन सकिन्छ । तर आफ्नो सरकार नै नभए के गर्नेरु’ उनले प्रश्न गरेका छन् ।

अहिले गठबन्धन तोडिँदा फेरी कम्युनिष्टहरु एक भई जाँदा संघीय चुनावपछि कम्युनिष्ट शासन आउँदा ३ वर्षे कम्युनिष्ट शासन कस्तो थियो भनेर सम्झना मात्रै गरेर हेर्न उनले स्मरण गराएका छन् । त्यसपछि धेरै कुरा बुझिने उनको तर्क छ ।

‘त्यसैले सके जति ठाउँमा गठबन्धन गरौ, होईन भने मित्रवत प्रतिष्पर्धा गरौ,’ उनले आह्वान गरेका छन् ।