कम्युनिस्ट हातमा लिएर बीआरआईमार्फत नेपाल डस्ने यस्तो थियो चीनको षडयन्त्र, बाहिरियो ऋणमा डुबाउने योजना

२ बर्ष अघि

२0७९ बैशाख १0 शनिबार

कम्युनिस्ट हातमा लिएर बीआरआईमार्फत नेपाल डस्ने यस्तो थियो चीनको षडयन्त्र, बाहिरियो ऋणमा डुबाउने योजना

काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसी संसदबाट पारित भएलगत्तै चिनियाँ परियोजना बीआरआईबारे प्रश्न उठ्यो । श्रीलंका टाट पल्टेको देखेर आम नेपालीमा बीआरआईको ऋणले नेपालको हालत पनि त्यस्तै हुने त होइन भन्ने चिन्ता देखियो । बीआरआई कस्तो परियोजना भन्ने नै स्पष्ट पारिएको थिएन ।

नेपालका कम्युनिस्ट मिलाएर उनीहरुलाई हातमा लिएर नेपाललाई बीआरआई परियोजनामा सहभागी गराइएको थियो । तर बीआरआईमा सहभागी भएको ५र६ वर्षपछि यसको असली उद्देश्य बाहिर आएको छ । नेपाललाई ऋणमा डुबाएर श्रीलंकाजस्तै डस्ने षडयन्त्रअन्तर्गत बीआरआई आएको जानकार विज्ञहरुले बताएका छन् ।

नेपालका पत्रकारहरुको प्रश्नहरुको सामना गर्ने क्रममा बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० परियोजना अनुदान सहायता नभएको स्वीकारिन । उनले व्यवसायिक ऋण सहकार्यमा परियोजना अघि बढ्ने बताइन् । यो योजना अघि बढाउन चिनियाँ विदेशमन्त्री वाङ यी नै नेपाल आएका थिए। तर प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले ऋण परियोजना नचाहिने भन्दै अस्वीकार गर्यो।

अमेरिकाको एमसीसीजस्तै अनुदान‚ सहुलियत ऋण र लगानी मात्र लिने स्पष्ट जवाफ दिएका थिए । अहिले आएर राजदूत यान्छीले पनि बीआरआई अनुदान नभएको स्वीकारेपछि एमसीसीको विरोधमा चीन उत्रिनुको रहस्य पनि खुलेको छ । एमसीसी अनुदान पारित भए नेपालले आफ्नो बीआरआईको ऋण नलिने भयले चीनले एमसीसीविरुद्ध उग्र राष्ट्रवादी नेपाली नेताहरु र अगुवाहरुलाई उतारेको पुष्टि भएको हो ।

बीआरआईबारे अनुसन्धानकर्ता डा। रामेश कोइरालाले राजदूत यान्छीको स्वीकारोक्तिपछि बीआरआईमा चिनियाँ स्वार्थ लुकेको भन्दै शंकाका दृष्टिले हेरेका छन् ।

चिनियाँ राजदूतले नै बीआरआईअन्तर्गत तीन मोडालिटी १। अर्काको लगानीमा चिनिया ठेकेदार, २। चीनको ऋणमा चिनियाको ठेकेदार र ३। नेपालको लगानीमा चिनिया ठेकेदार भनेको भन्दै यो राष्ट्र विपरीत हुने र श्रीलंका र पाकिस्तानजस्तै आर्थिक रुपमा नेपाललाई कब्जा गर्ने रणनीतितर्फ संकेत गरेका छन् । ‘यह क्या लोचा है भाइरु बिआरआई सहयोग हो कि ड्रागनले दुनियाँभरको ठेक्का हात पार्ने योजना होरु दिदीले त जवाफ दिन्निन् होला, दाजु तपाईँ नै भन्दिनूस् त,’ उनले प्रश्न गरेका छन् ।

सबै प्रयास गर्दा नेपालमा एमसीसी पारित भएपछि चिनियाँ राजदूत यान्छी निराश छिन् । त्यसमाथि देउवा सरकारले कामै नगर्ने चिनियाँ ठेकेदार कम्पनीबाट बुढीगण्डकी ठेक्का रद्ध गरेको छ । यसमा पनि उनको असफलता देखिएको छ ।

नेपालमा आफ्नो चौतर्फी असफलता ढाकछोप गर्न यान्छीले बिहीबार भर्चुअल पत्रकार सम्मेलन गरेर मनको बह पोखेकी थिइन् । एमसीसी पारित भएपछि चीनको ऋणको भारी बोकाउने बीआरआईमाथि उठेको प्रश्न र अन्य कारणले चीनको सकारात्मक चर्चा हुन छाडेपछि राजदूत आफै पत्रकार सम्मेलन गर्नुपर्ने अवस्थामा उत्रिएकी छन् ।

उनले नाकामा अवरोध नरहेको र नेपाली विद्यार्थीलाई पनि चाडै चीन लैजाने आश्वासन दिइन् । तर नाकामा अहिले पनि चीनले नाकाबन्दी गर्दा नेपाली व्यापारीको करोडौंको सामान बाटोमै अलपत्र परेको तथ्य लुकेको छैन । राजदूत यान्छीले पत्रकार सम्मेलन गरेर नराम्रा कुरा ढाकछोप गर्ने र नेपालमा चीनको सकारात्मक पहल बनाउने प्रयास थालेको जानकारहरु बताउँछन् ।