डोटेली भाषा संस्कृतिको जगेर्ना गर्न,कुवेतमा गौरा र तीज बिषेश कार्यक्रम

६ बर्ष अघि

२0७५ भाद्र २३ शनिबार

डोटेली भाषा संस्कृतिको जगेर्ना गर्न,कुवेतमा गौरा र तीज बिषेश कार्यक्रम

गगन विष्ट, भाद्र २३ कुवेत । सुदुरपश्चिमेली समाज कुवेतले सुदुरपश्चिमेलीहरुको महान पर्व गौरा र नजिकै आइरहेको हरितालिका तीजको अवसरमा कुवेतमा डेउडा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 
कुवेतको साल्मीया डाम्फा होटेलमा आयोजना गरिएको उक्त कार्यक्रममा सुदुरपश्चिमेली समाज कुवेतका अध्यक्ष अमर खड्काको संयोजकत्वमा कुवेतमा रहेका सुदुरपश्चिमेली एवं नेपालीहरुले रमाईलो गरेका छन् ।
सुदुरपश्चिमेली भाषा कला संस्कृतिको विदेशमा पनि प्रचार प्रचार एवं जगेर्ना गर्ने उद्देश्यले डेउडा खेल खेल्नुका साथै महिला दिदिबहिनीहरुलाई तिजको अवसर पारेर दर खुवाउने कार्यक्रम गरेको सुदुरपश्चिमेली समाज कुवेतका सदस्य गगन विष्टले जानकारी दिनुभयो ।