दार्चलामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

२ बर्ष अघि

२0७९ बैशाख ८ बिहीबार

दार्चलामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

दार्चुला । देशभर जस्तै आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि दार्चुलामा पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । आज जिल्ला भरिका ९ वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले जानकारी दिनुभयो । 
स्थानीय तहका केन्द्रहरुमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भने जिल्ला अदालमा स्थापना गरिएको आचार्यले बताउनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट स्थानीइ तह निर्वाचन सम्बन्धि कामकाज समेत सुचारु भईसकेका अचार्यले बताउनु भयो ।
दार्चुला जिल्ला अदालतका न्यायधिश कोमल प्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।, व्याँस गाउँपालिकामा कोशलेश्वर ज्ञवाली, दुहु गाउँपालिकामा बुद्धिलाल श्रेष्ठ, मालिकार्जुन गाउँपालिकामा ओमप्रसाद  भट्टराई, लेकमगाउँपालिकामा ज्ञानेन्द्र पराजुली, शैल्यशिखर नगरपालिकामा हरि सिह धामी, नौगाड गाउँपालिकामा गोविन्दराज सेढाई, मार्मा गाउँपालिकामा लवराज अवस्थी, अपिहिमाल गाउँपालिकामा दिपक ज्ञवाली निर्वाचन अधिकृत खटिनु भएको छ । महाकाली नगरपालिकाको हकमा भने मुख्य निर्वाचन अधिकृतले नै कामकाज गर्ने बताइएको छ । निर्वाचन स्थलमा नेपाल प्रहरी र म्यादी प्रहरी खटिनेछन् ।  कुनै घट्ना घटिहाले निर्वाचन मतदान केन्द्र नजिकै नेपाली सेना र सशस्त्रप्रहरीको व्याकअपफोर्स तयारी राखिने सुरक्षा योजना छ । निर्वाचनलाई शान्तिपूर्वक बनाउन मोवाइल गस्ती, पट्रोलिङ गस्ती निरन्तर हुने पनि बताइएको छ ।