डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउदै

२ बर्ष अघि

२0७९ बैशाख ८ बिहीबार

डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउदै

दार्चुला । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयसस आज बिहिबार नेपाल आउदै छन । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक गेब्रेयसस बिहिबार मध्ह्यान साढे १२ बजे काठमाडौं आइपुग्ने छन ।  महानिर्देशक गेब्रेयससका साथमा डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा।पुनम खेत्रपाल र अन्य अधिकारीहरू समेत नेपाल आउने भएका छन । तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । डब्ल्युएचओका महानिर्देशक डा।टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।