दार्चुलामा राष्ट्रिय शिक्षा एवं अन्तर्राष्ट्रिय सारक्षरता दिवस (फोटो फिचर) 

६ बर्ष अघि

२0७५ भाद्र २३ शनिबार

दार्चुलामा राष्ट्रिय शिक्षा एवं  अन्तर्राष्ट्रिय सारक्षरता  दिवस (फोटो फिचर) 

दृषटीकाेण समाचार, २३ भाद्र दार्चुला । ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७५ दार्चुला जिल्लामा पनि विविध कार्यक्रम गरी मनाईएको छ । महाकाली नगरपालिकाको आयोजना र महेन्द्र नमुना माविको सहआयोजनामा महेन्द्र नमुना मावि खलंगामा विभिन्न कार्यक्रम गरी दिवस मनाईएको हो ।


जिल्ला सदरमुकाम खलंगामा रहेका सरकारी तथा नीजि विद्यालयहरुले दिवसको अवसरमा शनिबार विहान खलंगा बजारमा प्रभातफेरी गरेका छन् । ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकिास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ औपचारिक रुपमा राष्ट्रिय शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षरता दिवस मनाईएको हो । 
महकाली नगरपालिका प्रमुख हंसराज भट्टको अध्यक्षता एवं सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । दिवसकै नाराको शिर्षकमा विद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता पनि गरिएको छ ।