अपवित्र सम्झौताबाट नेपाललाई अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाको चर्कियो, हिन्दु राष्ट्र बनाइ छाड्ने दावी

२ बर्ष अघि

२0७९ बैशाख ८ बिहीबार

अपवित्र सम्झौताबाट नेपाललाई अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाको चर्कियो, हिन्दु राष्ट्र बनाइ छाड्ने दावी

काठमाडौँ ।  राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाले हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरेका छन् ।

गत शुक्रबार काठमाडौको खुलामञ्चमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै कुन साजिसबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर सम्पुर्ण नेपालीलाई धोखा दिएको राणाको भनाइ छ

‘हामी यो मुलुकलाई हिन्दु राष्ट्र बनाइ छाड्छौ । जनमत संग्रह गराएर पनि गराइ छाड्छौ’, राणाको दावी छ । उनले ८१ प्रतिशत नेपाली हिन्दु राष्ट्रको  पक्षमा रहेको भन्दै हिन्दु राष्ट्र बनाउनबाट अव राप्रपालाई कसैले रोक्न नसक्ने बताए ।

फरक प्रशंगमा उनले नेपाल शक्ति राष्ट्रको खेल मैदान बन्नु दुर्भाग्य भएको बताए । नेता राणाले शक्ति राष्ट्रले नेपाललाई खेल मैदान बनाउँदा नेपाल र नेपालीको सार्वभौमसत्ता र स्वतन्त्रता खतरामा परेको पनि बताए ।

‘उत्तरतिरबाट चिसो हावा चल्न थाल्यो, पश्चिमबाट मेघ गर्जिन थाल्यो । दक्षिणको रहस्यमय चुपचाप छ ।’ उनले  नेपाललाई कुनै हालतमा शक्ति राष्ट्रको खेल मैदान बनाउनु दिनुहुन्न भनेर पुर्खाले भनेपनि आज नेपाल शक्ति राष्ट्रको खेल मैदान बनेको बताए ।