गृहमन्त्री र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता

२ बर्ष अघि

२0७९ बैशाख ८ बिहीबार

गृहमन्त्री र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता

काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा मंगलबार मन्त्री खाँण र राजदूत सुकबीच भेट भएको हो । भेटमा दुई पक्षीय सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । त्यसक्रममा गृहमन्त्री खाँणले भौतिक पूर्वाधार क्षेत्रको दक्षिण कोरियाले गरेको योगदानका लागि धन्यवाद दिएका छन् । साथै, नेपाली नागरिकलाई कोरियामा रोजगार दिएकोमा कोरियाली सरकार, जनता र त्यहाँका उद्योगीहरूलाई उनले राजदूतमार्फत् धन्यवाद पनि दिएका छन् ।