अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाले एकबर्षमा ४० लाख राजश्व वृद्धी 

६ बर्ष अघि

२0७५ भाद्र २२ शुक्रबार

अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाले एकबर्षमा ४० लाख राजश्व वृद्धी 

सुलाेचना महता दृष्टिकोण समाचार भाद्र २२ दार्चुला 
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले गत आर्थिक वर्षमा ४० लाख २४ हजार ५ सय ५ रुपैँया ६७ पैसा राजश्व संकलनमा वृद्धी भएको जनाएको छ । 
आर्थिक वर्ष २०७३÷७४ मा कुल राजश्व २ करोड ३ लाख ८९ हजार ५ सय ९१ रुपैँया राजश्व संकलन गरेकोमा गत आर्थिक वर्ष  २०७४÷७५ मा २ करोड ४४ लाख १४ हजार ९६ रुपैँया ६७ पैसा अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाले राजश्व संकलन गरेको छ । दार्चुला जिल्ला हिमाली जिल्ला तथा पाकृतिक सम्पदाले भरिपूर्ण ठाउँभएको हुनाले यहाँ पाकृतिक जडिबुटी, बोटविरुवाहरुबाट राजश्व संकलन  तथा छोडपुर्जी लिनेको संख्या पनि वर्षेनि वृद्धि भइरहेको छ ।  
यार्सागुम्बाबाट मात्रै सबै भन्दाबढी राजश्व संकलन गरीएको छ । यार्सागुम्बामा आर्थिक वर्ष २०७३÷७४ मा १ करोड ६७ लाख २५ हजार  र छोड पुर्जी ६ सय ६९जनालाई दिइएको थियो भने गत आर्थिक वर्ष  २०७४÷७५ मा यार्सागुम्बाबाट राजश्व १ करोड ९१ लाख  र छोड पुर्जी ७ सय ६४ जनालाई दिएको अपि नाम्पा संरक्षण कार्यालयका निम्ति प्रमुख पशुपति अधिकारीले जानकारी दिनु भएको छ  ।
 त्यसैगरी सतुवाबाट पहिले ५३ हजार ९ सय ४० रुपैँया र छोडपुर्जी २ हजार ६ सय ९७ जनालाई दिइएकोमा गत साल राजश्व  ६७ हजार ७ सय ६० र ३ हजार ३ सय ८८ जना लाई छोडपुर्जी दिइएको अपि नाम्पा संरक्षण कार्यालयका निम्ति प्रमुख  अधिकारीले बताउनु भएको छ ।


 अपि नाम्पा संरक्षण क्षेत्रको विकास गर्न सकिएका त्यहाँका जडिबुटीहरु तथा बोटबिरुवाको संरक्षण गर्न सकिएका अझै अपि नाम्पा संरक्षण क्षेत्रबाट राजश्व बढी उठाउन सकिने तथा जनताहरुको जीवनस्तरमा वृद्धी गर्न सकिने उहाँको भनाई रहेको छ । 
 भने अन्य जडिबुटी तथा बोटबिरुवाबाट पनि राजश्व संकलन तथा छोडपुर्जी दिइएकोमा पहिलेको तुलना गत साल वृद्धीभएको छ । जडिबुटीको परिणाम (छोडपुर्जी) र राजश्वको विवरणको हेर्नुहोस् ।