एकीकृत समाजवादीको अडानले गठबन्धनमा सहमति जुटेन अध्यक्ष दाहाल

२ बर्ष अघि

२0७९ बैशाख ६ मंगलवार

एकीकृत समाजवादीको अडानले गठबन्धनमा सहमति जुटेन  अध्यक्ष दाहाल

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९एकीकृत समाजवादी०को अडानले चुनावी गठबन्धनमा सहमति नजुटेको बताउनुभएको छ ।

माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यको बैठकमा अध्यक्ष प्रचण्डले महानगरमा सहमतिको नजिक पुगे पनि उपमहानगरमा मिल्न बाँकी नै रहेको बताउनुभएको हो ।६ महानगरमध्ये ३ कांग्रेसले लिने र ३ अन्य दलले लिनेमा सहमति भएको उहाँले बताउनुभयो ।

काठमाडौं, ललितपुर, विराटनगर कांग्रेसलाई, भरतपुर माओवादी र वीरगन्ज जसपाले लिने सहमति भइसकेको प्रचण्डले ब्रिफिङ गरेको माओवादी नेताहरूले बताएका छन् ।

एकीकृत समाजवादीलाई पोखरा दिने सहमति भएको भए पनि तलबाट विरोध आएकोले समस्या भएको प्रचण्डले बताउनुभएको थियो । त्यसको लागि प्रयास भइरहेको प्रचण्डको भनाइ थियो ।

माओवादीले जितपुर, सिमरा र दाङका दुईमध्ये १ उपमहानगर पाउने प्रचण्डले जानकारी गराउनुभएको थियो । उपमहानगरमा एकीकृत समाजवादीले धेरै दाबी गरेका कारण सहमति हुन नसकेको प्रचण्डको भनाइ छ ।

एकीकृत समाजवादीलाई हेटौंडा लिन भनिएको भए पनि उसले धरान र दाङमा समेत दाबी गरेको प्रचण्डले बताएको बैठकमा सहभागी नेताहरूको भनाइ छ । एमालेले जितेकामध्ये कम्तीमा आधा उपमहानगर आफूलाई चाहिने एकीकृत समाजवादीको दाबी रहेको प्रचण्डको भनाइ छ ।