दार्चुलामा एसइई परीक्षामा ३१ सय विद्यार्थी सहभागी हुने

२ बर्ष अघि

२0७९ बैशाख ६ मंगलवार

दार्चुलामा एसइई परीक्षामा ३१ सय विद्यार्थी सहभागी हुने

दार्चुला – दार्चुलामा माध्यमिक शिक्षा परीक्षा एसइई को तयारी तीव्र पारिएको छ। यही वैशाख ९ गते शुक्रबारदेखि हुने परीक्षाको तयारी तीव्र पारिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तका अनुसार परीक्षा सञ्चालनका लागि १६ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका छन्। यो वर्ष भने  ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा पनि नियमिततर्फको परीक्षामा नै  बताइएको छ ।

विगतमा ग्रेड वृद्धिका लागि छुट्टै परीक्षा केन्द्र निर्धारण गरिने गरेको भएपनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीको परीक्षा नियमित परीक्षार्थीले जाँच दिने विद्यालयमा नै हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पन्तले जानकारी दिनु भएको छ । जिल्लामा   सबै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्त भइसकेका छन्।केन्द्राध्यक्षलाई अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

केन्द्रमा केन्द्राध्यक्षहरुलाई सोमबार अभिमुखीकरण गरिएको पनि बताइएको छ । परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन उनीहरूलाई अभिमुखीकरण कार्यक्रम राखिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।

यस वर्षको एसइई परीक्षामा जिल्लाका ३ हजार १ सय जना विद्यार्थी सहभागी हुने जनाइएको छ। जसमा नियमिततर्फ ३ हजार ३० जना, ग्रेड वृद्धितर्फ ७० जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जिल्लामा प्राविधिक धारतर्फका विद्यालयको संख्या ३ रहेका छन परीक्षा वैशाख ९ गते शुरू भएर वैशाख २० सकिनेछ। परीक्षा बिहान ८ बजे शुरु हुने शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाले जनाएको छ ।