दिवस मनाउदा नारा मात्रै ठुला ठुला हुन्छन, कार्यान्वयमा समस्या 

६ बर्ष अघि

२0७५ भाद्र २२ शुक्रबार

दिवस मनाउदा  नारा मात्रै ठुला ठुला हुन्छन, कार्यान्वयमा समस्या 


राम सिह धामी दृष्टिकोण समाचार भाद्र २२ दार्चुला 
दार्चुला जिल्लामा निजामति कार्मचारी दिवसमा बोल्ने  बक्ताहरुले सबै कर्मचारीहरु आफु सक्षम भएर काम गर्न नसके दिवसको नाराले सुशासन कायम गर्न नसक्ने बताएका छन । 
शुक्रबार दार्चुलामा पनि १५ औँ निजामति दिवसको असर पारेर विहान प्रभात फेरी कार्यक्रमको आयोजना गरि निजामति दिवस मनाएका हुन । 


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दार्चुला जिल्लाका सहयक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले हरेक राष्टसेवक कर्मचारीले आफु सक्ष्यम भएर काम गर्न आग्रह गरेका छन । निजामति कर्मचारीहरु आफै अन्यैलमा रहेकाले पनि जनतालाई सेवा दिन समस्या हुने गरेकाले पनि सेवा प्रभावमा समस्या आईरहेको बताउनु भयो । 
नतिजामुखि प्रशासन ,समृद्धि र सुशासन भन्ने मुल नाराका साँथ सञ्चालन गरिएको निजामति दिवसमा सबै निजामति क्रर्मचारीहरुले स्थानीय नागरिकहरुको हितमा काम गर्न सकेमा मात्रै समृद्धिको नारालाई सफल पार्न सकिने महाकाली नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटाले बताउनु भयो । 
दार्चुला जिल्ला लगायत देशभरी हरेक बर्ष विभिन्न नाराहरुका लिएर निजामति कर्मचारी दिवस मनाईन्छ तर नारामा भनेजस्तै काम गर्न सकेमा मात्रै स्थानीय जनताले भनेजस्तो सुविधा पाउने र सुशासन कायम हुने  नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले बताउनु भयो।


दार्चुलामा दिवसको अवसरमा निजामति कर्मचारीहरुले जिल्ला सदरमुकाममा प्रभात फेरी ¥यालि निकाल्नुका साँथै निजामति दिवसको पुर्व सनध्यामा आयोजना गरिएको मैत्रीपुर्ण फुटवल प्रर्तियोगीता, ब्याटमेन्टेन, रसितानातान,घैटोफेड र कुर्चीदैड खेलहरु सञ्चान गरि निजामति दिवस मनाएका थिए । 

फाेटाे फिचर