प्रचण्डले भेटे जसपा अध्यक्षद्वय भट्टराई र यादव

२ बर्ष अघि

२0७९ बैशाख ४ आईतवार

प्रचण्डले भेटे जसपा अध्यक्षद्वय भट्टराई र यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

आइतवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ३ नेताबीच बिहान ११स्४५ देखि १२स्२० सम्म सामूहिक रुपमा छलफल भएको हो । छलफलपछि नेताहरु सिंहदरवारबाट सँगसँगै बाहिरिएका थिए । भेटपछि जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए । तर श्रोतले भने स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा उनीहरुबीच छलफल भएको जनाएको छ ।

सत्तारूढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच बसेको बैठकले सबै स्थानीय तहमा तालमेलबारे सहमति जुटाउन असम्भव देखिएपछि प्रचण्डले छलफलका लागि अध्यक्षद्वय भट्टराई र यादवलाई बोलाएका हुन् ।

‘भेटमा स्थानीय तहमा सम्भावित तालमेललाई प्रभावकारी बनाउन दुई पार्टीबीच छलफल अघि बढाउने कुराकानी भएको छ,’ जसपाका एक नेताले भने, ‘महानगर र उपमहानगरमा तालमेलका लागि रामचन्द्र पौडेल नेतृत्वको कार्यदल बसेपछि नेतात्रयबीच पुनः छलफल गर्ने सहमति बनेको छ ।’