दार्चुला । दार्चुला जिल्लाको भुमिहिनको समस्या समाधानमा सबै सरोकारवाहरुले एक हुनु आवश्यक रहेको कार्यक्रमका सहभागिको भनाई छ । आईतबार राष्ट्रिय भुमि आयोग दार्चुलाको कार्यालय उद्घाटन समारोहमा बोल्दै उक्त कुरा बताएका हुन । दार्चुला जिल्लामा भुमि सम्बन्धि थुप्रै समस्याहरु रहेकाले जिल्ला प्रशासन कार्यालय, मालपोत , नापि र बन कार्यालयले सहयोग गरेमा आयोगले गर्ने काममा सहजता हुने जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीले बताउनु भयो । दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा भुमि सम्बन्धि समस्या मात्रै नभई धेरै भु—भाग अतिक्रमण गरिएकाले जिल्लाका ९ वटै पलिकाहरुमा समस्या रहेको महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टको भनाई छ । अबका दिनमा सबै स्थानीय तहहरुको समन्वय र सहकार्यमा राष्ट्रिय भुमि आयोगले काम गरेमा मात्रै भुमि सम्बन्धि समस्या समाधन गर्न सकिने उहाँको भनाई छ । नेपालमा गठबन्धनको सरकार बनेपछि अहिलेको सरकारले भुमि सम्बन्धिका समस्या उजागर गर्न लाल सिह धामीलाई भुमि आयोगको अध्यक्षमा चयन गरेका छन । दार्चुलामा भुमि आयोगको कार्यालय उदघाटन तथा बधाई कार्यक्रममा बोल्दै आयोगका जिल्ला अध्यक्ष लाल सिह धामीले आफुलाई कामहरु विबाद रहीत ढंगबाट समाधानमा काम गर्ने बताउनु भयो । कार्यक्रमा जिल्लाका सरोकारवालाहरुको सभागिता रहेको थियो ।