प्रमुख निर्वाचन आयुक्त थपलीयाको चेतावनी– निर्वाचन मिति सरे मुलुक दुर्घटनामा फस्छ

२ बर्ष अघि

२0७९ बैशाख ३ शनिबार

प्रमुख निर्वाचन आयुक्त थपलीयाको चेतावनी– निर्वाचन मिति सरे मुलुक दुर्घटनामा फस्छ

जनकपुर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले स्थानीय तहको मिति तलमाथि भए मुलुक दुर्घटनामा फस्नसक्ने बताएका छन् । जनकपुरमा आयोजना गरिएको निर्वाचन केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले स्थानीय चुनावको मिति तलमाथि गर्न नहुने बताएका हुन् ।

निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले आचारसंहितालाई सामान्य रूपमा नलिन राजनीतिक दललाई उनले आग्रह गरे । यस्तै, उनले निर्वाचनप्रति भ्रम फैलाउने सूचनाबाट सजग हुन आग्रह गरेका थिए । निर्वाचन आयोग ३० वैशाखमै निर्वाचन गराउन प्रतिबद्ध रहेको उनले बताए ।