शैल्यशिखरमा युवाहरु बीच झगडा हुँदा एक जनाको मृत्यु

२ बर्ष अघि

२0७९ बैशाख ३ शनिबार

शैल्यशिखरमा युवाहरु बीच झगडा हुँदा एक जनाको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा युवाहरु बीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकोे शैल्यशिखर नगरपालिका ४ तल्लाकाडापारीका अन्दाजी २४ वर्षिय जगदिश ठगुन्ना  रहेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक सुरज सिहले बतानुभयो । शुक्रबार राती नौगाड गाउँपालिकाको सिप्टीमा लागेको बिसुजात्रा हेरेर घर फर्किने क्रममा ४÷५ जना युवाहरुको समूहले शैल्यशिखरको तल्लाकाडापारी भन्ने स्थानमा जगदिश माथि आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको खुल्न आएको छ । युवाहरुका बीच के कत्ति कारणले विवाद भयो भन्ने बारेमा यकिन नभएको प्रहरीले बतानुभयो ।

घटना घटे पश्चात जगदिशले घरमा आफ्ना बाबुलाई फोन गरेर आफूमाथी आक्रमण भइरहेको र उद्दारका लागि घटनास्थल आउन भनेको स्रोतले जानकारी दिएको छ । घटनाबारे प्रहरीमा जानकारी भए पश्चात ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटना स्थल खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । काडापारीका ठगुन्ना माथि आक्रमण गर्ने ३ जना युवाहरु स्थानीय कमलेस भट्ट, गौरभ भट्ट र पुन्टे दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय गोकुलेश्वरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।