भारत–नेपाल फाउन्डेशनको सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनायो

२ बर्ष अघि

२0७९ बैशाख ३ शनिबार

भारत–नेपाल फाउन्डेशनको सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनायो

काठमाडौँ । काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको काठमाडौं सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनाएको छ ।

पूर्वसभामुख दमननाथ ढुंगाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापा, भारतका लागि नेपालका पूर्वराजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउन्डेशनका सचिव नवीन कुमारको उपस्थितिमा नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले कार्यक्रम उद्घाटन गरे ।
कार्यक्रममा डा। यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मालगायत भनाइ राखेका थिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालय–नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीजको पनि उद्घाटन भयो ।

सो अवसरमा राष्ट्रपति यादवले सामाजिक न्याय र समावेशीकरणका लागि भीम राव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा उनको उल्लेखनीय नेतृत्व र दूरदृष्टिको स्मरण गरे ।

सभामुख ढुंगानाले नेपालसहित दक्षिण एसियाभरी नै अहिलेको परिप्रेक्ष्यमा बाबासाहेब अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकतामाथि प्रकाश पारे