चुनावमा परिणाम देखाउने गरी केन्द्रीत होऔ प्रचण्ड

२ बर्ष अघि

२0७९ बैशाख २ शुक्रबार

चुनावमा परिणाम देखाउने गरी केन्द्रीत होऔ  प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र को केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन आजको बैठकमा छलफल भइरहेको जनाइएको छ ।


अध्यक्ष प्रचण्डको निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गरेका छन् । प्रचण्डले सबै पार्टी पक्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका हुन् ।

उनले परिणाम देखाउने गरी चुनावमा केन्द्रीत हुन समेत आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेको छ ।