शिक्षक सेवा आयोगले असोज ११ देखि १३ गतेसम्म कुन जिल्लाकाे केन्द्र कहाँ

६ बर्ष अघि

२0७५ भाद्र २१ बिहीबार

शिक्षक सेवा आयोगले असोज ११ देखि १३ गतेसम्म  कुन जिल्लाकाे केन्द्र कहाँ

दृष्टिकाेण समाचार 

आगामी असोजमा हुने स्थायी शिक्षक परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

शिक्षक सेवा आयोगले असोज ११ देखि १३ गतेसम्म हुने प्रावी, निमावी र मावि गरी तिनै तहको परीक्षा केन्द्र निर्धारण गरेको हो । शिक्षक सेवाको ईतिहासमा पहिलो पटक फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाईने गरी ३४ जिल्लामा केन्द्र तय गरिएको छ । तीनै तहको परीक्षाका लागि फारम भरेका परीक्षार्थीले जुन जिल्लामा केन्द्र परेको छ त्यही जिल्लाबाट परीक्षा दिनुपर्ने छ । अहिले परीक्षा केन्द्र रहने जिल्ला मात्रै तय गरिएको र कुन विद्यार्थी कुन केन्द्रमा भन्ने कुरापछि तोकिने आयोगले जनाएको छ ।