दुहूँमा नेकपा एमालेले सवै वडाका उम्मेदवारको लगाए टुंगो हेर्नुहोस् नामावली सहित

२ बर्ष अघि

२0७९ बैशाख २ शुक्रबार

दुहूँमा नेकपा एमालेले सवै वडाका उम्मेदवारको लगाए टुंगो हेर्नुहोस् नामावली सहित

दार्चुला । नेकपा एमालेले दुहूँ गाउँपालिकाका सवै वडामा उम्मेदवारको टुंगो लगाएको  छ । नेकपा एमाले दुहूँ गाउँपालिका कमिटिले पालिकामा रहेका पाचँ वटै वडामा उम्मेदवारको टुंगो लगाएको नेकपा एमाले दुहु गाउँपालिका कमिटि अध्यक्ष जंगबहादुर बमले जानकारी दिनुभएको छ । नेकपा एमालले दुहँु गाउँपालिका अध्यक्ष पदका लागि नरेन्द्रसिह बडाल र उपाध्यक्षमा पदका लागि ताराकेशरी कुवरलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको पालिका कमिटि अध्यक्ष बमले बताउनुभयो । त्यस्तै नेकपा एमाले दुहुँ गाउँपालिका कमिटिले वडास्तरका उम्मेदवारहरुको समेत टुंगो लगाएको जनाएको छ ।

वडानम्बर १ मा जंगबहादुर बम वडाअध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार चयन गरिएका छन्, भने महिला सदस्यमा गोविन्दी महर, दलित महिला सदस्यमा गौमती लुहार र खुल्ला सदस्यहरुमा मोहनसिह ऐरी र कौशिला बमलाई उम्मेदवार बनाएको नेकपा एमाले दुहु गाउँपालिका कमिटिले जनाएको छ ।


 वडानम्बर २ मा जमनसिह बडाल वडाअध्यक्ष,पार्वती धामी महिला सदस्य,यशोधा लुहार दलित महिला सलस्य र खुल्ला सदस्यमा दानसिह बडाल र मोहनसिह बडाललाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको छ । 


वडानम्बर ३ को वडाअध्यक्ष पदका लागि देवबहादुर बम,महिला सदस्यमा पार्वती जोशी, दलित महिला सदस्यमा आन्ती लुहार र खुल्ला सदस्यमा खडकसिह कार्की र धनसिह वोहरालाई उम्मेदवार बनाएको छ । 


त्यसैगरि वडानम्बर ४ को वडाअध्यक्ष पदका लागि कृष्ण लोथ्याल,महिला सदस्यमा जानकी कुवर,दलित महिला सदस्यमा लक्ष्मी लुहार र खुल्ला सदस्यमा धनबहादुर बम र शेरसिह कार्कीलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको नेकपा जिल्ला कमिटि सदस्य देवबहादुर बमले बताउनुभयो ।


वडानम्बर ५ को वडाअध्यक्ष पदमा मानसिह बडाल,महिला सदस्यमा कलावती जोशी,दलित महिला सदस्यमा विमला पार्की र खुल्ला सदस्यमा प्रेमसिह महर र रनबहादुर कुवरलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको नेकपा एमाले जिल्ला कमिटि सदस्य बमले बताउनु भएको छ ।