शैल्यशिखरमा कांग्रेश छोडेर ५४ जना एमालेमा प्रवेस

२ बर्ष अघि

२0७८ चैत्र ३0 बुधबार

शैल्यशिखरमा कांग्रेश छोडेर ५४ जना एमालेमा प्रवेस

दार्चुला । शैल्यशिखरको वडा नम्बर ६ मा ५३ जना र वडा नम्बर १ मा एक जना गरी ५४ जनाले नेकपा एमालेमा प्रवेस गरेका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेस पार्टीमा लामो समयदेखि क्रियाशिल रहेका करविर सिह धामीको नेतृत्वमा ५३ जनाले पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका हुन् । वडानम्बर ६ मिलिमिली घर भएका धामीको नेतृत्वमा ५३ जनाले एमाले प्रवेश गरेको नेकपा एमाले शैल्यशिखर नगरकमिटी अध्यक्ष रणबहादुर खत्रीले जानकारी दिनुभयो ।

पार्टी प्रवेश भएका नवप्रवेशीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्नाले टिका अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको उहाँले बताउनुभयो । यसअघिको टोल कमिटि गठन कार्यक्रममा ४२ जनाले नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका थिए । नेकपा एमालेले मात्रै गरिब जनताको पक्षमा काम गर्ने देखेपछि नेपाली काग्रेस पार्टी परित्याग गरेको करविरसिह धामीको प्रतिक्रिया छ । नेपाली कांग्रेस सत्तामा पुगेपछि सधै जनतालाई धोका दिने काम बाहेक कुनै कार्य गर्न नसकेको उहाँको भनाई छ । पार्टी प्रवेश भएका धामी मिलिमिलि क्षेत्रका प्रभावशाली व्यक्ति रहेकोले वडानम्बर ६ मा नेपाली कांग्रेस निकै कमजोर बनेको नेकपा एमाले प्रवेश गरेका मोहनसिह धामीको दाबी छ ।


यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा नेपाली कांग्रेशका किर्याशिल सदस्य शेरसिंह बोहराले कांग्रेश परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको शैल्यशिखर १ का निर्वाचित वडा अध्यक्ष एबं आसन्न स्थानीय तहमा एमालेबाट वडाअध्यक्षका उम्मेदवार भरतबहादुर खडायतले जानकारी दिनुभयो ।

शैल्यशिखरमा एमालेले चुनावी गतिविधि गरिरहेको छ । मेयरमा विजयसिंह धामी उम्मेदवार हुने सहमति भइसकेको छ । सबै वडामा समेत उम्मेदवार सहमतिमै चयन भइसकेको र उपमेयरका लागि छलफल जारी रहेको नेकपा एमाले शैल्यशिखर नगरकमिटीले जनाएको छ ।