भारतको सकारात्मक र स्वागतयोग्य निर्णय

२ बर्ष अघि

२0७८ चैत्र ३0 बुधबार

भारतको सकारात्मक र स्वागतयोग्य निर्णय

काठमाण्डौ  । भारतले नेपालको बिजुली खरिद गर्ने निर्णय गरेको छ । नेपालको लामो प्रयासपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच ६ बुँदे सहमति भएको थियो । ‘भिजन स्टेटमेन्ट’ को नामले चर्चित उक्त सहमतिमा उल्लिखित सबै बुँदा नेपाल र भारत सम्बन्धलाई अझ बढी घनिष्ठ बनाउन सक्षम हुने खालको छ । आफ्ना समकक्षीलाई विश्वस्त तुल्याएर बिजुली निर्यात गर्न भारतलाई सहमत गराउनुले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएको छ ।


नेपालमा बिजुली उत्पादन वर्षायाममा धेरै हुने तर हिउँदयाममा अपुग हुने गर्छ । कुलेखानी निर्माण भएको झन्डै ५० वर्ष बितिसक्दा पनि अर्को जलाशययुक्त आयोजना निर्माण गर्न नसक्नु राज्यको कमजोरी हो । त्यही कमजोरीकै कारण हिउँदयाममा अपुग भएर आयात गर्न बाध्य हुनु परेको हो । वर्षायामको बिजुली खपत नेपाल विद्युत् प्राधिकरणको मात्र नभई मुलुककै टाउको दुखाइको विषय हो । बिजुली खपत गराउने नीति र संयन्त्र नहुँदा खेर फाल्नुको विकल्प भएन । यसैको उपजस्वरुप दुई वर्षको वर्षायामको बिजुली खेर फाल्नुपर्‍यो ।