द कश्मीर फाइल्सले हल्लायो बलिउडस् १४ करोडमा बनेको फिल्मले २०० करोड कमायो

२ बर्ष अघि

२0७८ चैत्र ३0 बुधबार

द कश्मीर फाइल्सले हल्लायो बलिउडस् १४ करोडमा बनेको फिल्मले २०० करोड कमायो

विवेक अग्निहोत्रीको निर्देशनमा बनेको सत्य घटनामा आधारित फिल्म द कश्मीर फाइल्सले बलिउडमा कीर्तिमान बनाएको छ । जानकारहरूका अनुसार उनको फिल्मले यति धेरै कमाइ गरेको यो पहिलो घटना हो ।  बुधवारसम्म फिल्मले २०० करोड भारु कमाइसकेको छ ।  कोरोना महामारीपछि २०० करोड भारु कमाउने यो फिल्मले बिलउडमा तहलका मच्चाएको छ ।  जम्मा १४ करोड भारुमा बनेको फिल्मले २०० करोड भारु कमाउनु आफैंमा ठूलो उपलब्धि हो ।  यस फिल्मले प्रभास र पूजा हेगडेको राधे श्याम तथा अक्षय कुमारको बच्चन पाण्डेलाई पनि कडा टक्कर दिएको छ । ती दुवै फिल्म यो जति भयंकर चलेनन् ।  सन् १९९० को दशकमा कश्मीरी पण्डितहरूको नरसंहारको कथा यस फिल्मले बताउँछ । पीडित र साक्षीहरूको बयानका आधारमा फिल्मको कथा तयार पारिएको हो ।