डिभिजन वन कार्यालय दार्चुलाबाट १२ लाख राजश्व संकलन

६ बर्ष अघि

२0७५ भाद्र २१ बिहीबार

डिभिजन वन कार्यालय दार्चुलाबाट १२ लाख राजश्व संकलन

सुलोचना महता दृष्टिकोण समाचार दार्चुला भाद्र २१
डिभिजन वन कार्यालय दार्चुलाले गत आर्थिक बर्ष २०७४÷०७५ को एक बर्षमा १२ लाख २ हजार ४सय २० रुपयाँ राजश्व संकलन गरेको छ । 
गत आर्थिक बर्ष २०७४÷०७५ जेष्ठ मसान्त सम्मको मुल्य अभिवृृद्दी कर बाफत ११ लाख ७ सय ५ रुपयाँ वन तथा वनपैदावार बिक्री वाफत ९ लाख ७९ हजार १ सय ६५ रुपयाँ र अन्य प्रसासनिक सेवा शुल्क वफत ४५ हजार गरि जम्मा दशलाख ३५ हजार ८ सय ७० रुपयाँ बराबरको राजश्व संकलन गरेको डिभिजन वन कार्यालयका सुचना अधिकारि तथा रेन्जर रणेन्द्र सिंहले जानकारी दिनुभएको छ ।  जिल्लावन कार्यालयले गत आर्थिक बर्षको अषार महिनामा मात्रै सबै भन्दा वन तथा वन पैदावार बिक्री बाफत १ लाख ६६ हजार ५ सय ५० रुपयाँ राजश्व संकलन गरेको रेन्जर सिहले बताउनु भयो । 
 गत आथिक बर्षमा एक लाख बोट बिरुवा उत्पादन गर्ने उद्देश्य राखेको डिभिजन वन कार्यालयले उद्देश्य राखे भन्दा बढी पनि दुई हजार आठ सय विरुवा उत्पादन गरेको रेन्जर सिंहले बताउनु भएको छ । डिभिजन वन कार्यालयले वनसम्पदा र जिल्लाको वनजंगल बढाउनको लागि आवश्यक बोट बिरुवा उत्पादनको लागि जिल्लामा करिब तिन ओटा नर्सरि बनाएको र उक्त तिन ओटै नर्सरिहरु मध्ये गोकुलेश्वर नर्सरिले जम्मा ३६हजार ८ सय ५० बोटबिरुवा , धाप नर्सरिले जम्मा २०हजार ९ सय  बोटबिरुवा र खलंगा नर्सरिले १लाख २ हजार ८ सय ७५ बोटबिरुवा उत्पादन गरीएको छ  । जिल्लावन कार्यालयले बृक्षारोपणमा जोड दिन्छ भने दाचुलाको बिकासमा एकदमै छिटो जिल्लाको विकासको स्तम्भको रुपमा वनजंगल रहन सक्ने उहाँको भनाई रहेको छ ।
जिल्ला वन कार्यालयको नयाँ नाम
जिल्ला वन कार्यालय खारेज भई अहिले नयाँ डिभिजन वन कार्यालय रहेको र ५ वटा इलाका वनकार्यालय खारेज भई २ वटा सब—डिभिजन वन कार्यालयमा परिण भई नयाँ कार्यालय बन्ने भएको छ । साविकको जिल्ला वन कार्यालयमा ६४ वटा कर्मचारी रहेकोमा हाल दार्चुला जिल्लामा २९ वटामात्रै कर्मचारी रहने  डिभिजन वन कार्यालयका सुचना अधिकारि तथा रेन्जर रणेन्द्र सिंहले जानकारि दिनुभएको छ । पूरै जिल्लामा भागमा अपि नाम्पा संरक्षण क्षेत्र दार्चुलामा ७४.४३ प्रतिशत र डिभिजन वन कार्यालय दार्चुलाले २४.५७ प्रतिशत मात्रै रहेको छ । दार्चुला जिल्लामा ७२ हजार ९ सय ८२ हेक्टर मध्ये ५४ हजार ३ सय २० हेक्टर अपीनाम्पा संरक्षण कार्यालयको र  १८ हजार ६ सय ६२ हेक्टर  डिभिजन वन कार्यालय दार्चुलाको रहेको डिभिजन वन कार्यालयका सुचना अधिकारि तथा रेन्जर रणेन्द्र सिंहले बताएका छन् ।  
डिभिजन कार्यालयको (फोटो सहित)  संरचनाकाे जानकारी 


संघिय संरचना अनुसार साविकको जिल्ला वन कार्यालय हाल आएर डिभिजन वन कार्यालय भएर महाकाली नगरपालिका वडा नं. ५ मा रहेको छ । भने यस अन्र्तगत पर्ने महाकाली सब—डिभिजनमा महाकाली नगरपालिकाको वाड नं. ३,४,५,६,७,८, मालिकार्जुन गाउँपालिकाको सम्पूर्ण क्षेत्र र लेकम गाउँपालिकाको वाड नं. ३,४ परेका छन् । भने चौलानी सब—डिभिजन शैल्य शिखरको सम्पूर्ण क्षेत्र, नौगाड गाउँपालिकाको वाड नं. ५, ६सम्पूर्ण क्षेत्र र लेकम गाउँपालिकाको वाड नं. १,२, ५,६ र ७ परेका छन्।