श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकको चेतावनी

२ बर्ष अघि

२0७८ चैत्र ३0 बुधबार

श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकको चेतावनी

श्रीलंका पनि चीनको धेरै बिश्वासले अहिले देशमा आर्थिक मन्दीले देशमा बिद्रोह शुरु भएको छ । चीनको ऋणको ब्याज नै तिर्न गर्हो भएको छ ।

काठमाडौं । श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएका हुन् । देशभर हृदयघातका विरामी र नवजात शिशुहरुका लागि आवश्यक औषधी समेत अभाव देखिएपछि चिकित्सकहरुले स्वास्थ्य प्रणाली नै ठप्प हुने र मानवीय समस्या आउनसक्ने भन्दै सडकमा निस्किएका छन् ।

समस्या कतिसम्म विकराल बनेको छ भने विजुली आपूर्ति बन्द हुँदा दुर्गम क्षेत्रमा चिकित्सकहरु सर्पले टोकेका विरामीका घाउँमा अध्यारोमा टाँका लगाउन बाध्य छन् । अस्पतालहरुले नियमित शल्यक्रियाहरु रोकेका छन् भने ल्याब टेष्टहरु पनि हुनसक्ने अवस्था छैन । सरकारी चिकित्सक र स्वास्थ्यकर्मीहरु नै सडकमा उत्रिनुपर्ने अवस्थाले त्यहाँको स्वास्थ्य प्रणाली नै ध्वस्त हुने अवस्थामा पुगेको प्रष्ट पारेको छ ।

देशका सवै अस्पताल बन्द हुने अवस्थामा रहेको भन्दै सरकारी मेडिकल अफिसर्स एशोसियसनका सचिव डा।सेनेगल फर्नाण्डोले अर्को दुई सातामा औषधी र उपचार नपाएर थुप्रै मानिसहरुले ज्यान गुमाउनुपर्ने चेतावनी समेत दिएका छन् । विरामीको उपचार हुन नसकेर ज्यान गयो भने कुनै पनि बेला अस्पतालहरुमा दंगा हुनसक्ने चिन्ता चिकित्सकहरुले ब्यक्त गरेका छन् ।