चीनमा आठ सन्तानकी आमाको घाँटीमा साङ्लो

२ बर्ष अघि

२0७८ चैत्र ३0 बुधबार

चीनमा आठ सन्तानकी आमाको घाँटीमा साङ्लो

काठमाडौं । चीनमा आठ सन्तानकी आमाको घाँटीमा फलामो साङ्लो राखिएको पाइएको छ। पछिल्लो समय उनको तस्बिर सामाजिक सञ्‍जालमा भाइरलसमेत भइरहेको छ।

चीनको जियाङ्सु प्रान्तको फेङ्सिआनमा मानव बेचबिखनको शिकार भएकी एक महिलाको घाँटीमा फलामो साङलो लगाइएको तस्बिर सार्वजनिक भएपछि चीनको चर्को आलोचना भएको हो। ग्रामिण क्षेत्रका धेरै चिनियाँहरू मानव बेचबिखनको सिकार बनेका छन्। उनीहरुलाई पूर्वी चीनमा लगेर घाँटीमा साङ्लो राखेर चिसो छिडिमा बाँधे राखिएको पाइएको छ। चीनको माइक्रोब्लगिङ साइट विबोमा शीर्ष ट्रेन्डिङमा रहेको उनको भिडियोमा धेरैले सरकारको आलोचना गर्दै उनलाई स्वतन्त्र हुन दिन माग गरेका छन्।

चीनमा मानवतालाई यसरी जन्जिरमा कैद गरिएको भन्दै आलोचना भइरहेको हो। जन्जिरमा बाँधिएको महिलाको अवस्थामा चिनियाँ ग्रामिण रहेकोले उनीहरुको सुरक्षाका लागि सरकारबाट नै जोगाउनुपर्ने बताइएको छ। पूर्वी जिआङ्सु प्रान्तको झुझाउको गरिब ग्रामीण काउन्टी फेङ्सिआनमा मानव बेचबिखनबाट पीडित आठ सन्तानकी आमा र मानव बेचबिखनको शिकार भएकी महिलामाथिको आक्रोशले चिनियाँ नेता सी जिनपिङ सत्तामा आएदेखि नै दुर्लभ हुने किसिमको नागरिक सक्रियतालाई उक्साएको छ।

फेब्रुअरी २०२० मा कोभिड(१९ को ह्विस्टलब्लोअर वुहान डाक्टर ली वेनलियाङको मृत्यु भएदेखि चीनले सार्वजनिक क्रोधको यस्तो प्रकोप नदेखेको जनाइएको छ। सेन्सर र आधिकारिक मिडियाले पनि नियन्त्रण गर्न वा पुनस् निर्देशित गर्न नसकेको जनाइएको छ। सप्ताहन्तमा, एक महिलाले ती जन्जिरमा कैद गरिएकी आठ सन्तानकी आमालाई भेट्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनले रिहा भएपछि आफूलाई प्रहरीले कुटपिट गरेको र दिशापिसाब गर्न पनि नदिएको भन्दै आक्रोश व्यक्त गरेकी हुन्। स्थानीय अधिकारीहरूले उनीहरूलाई रोक्न प्रयास गरे पनि नागरिक पत्रकारहरू साङ्लामा बाँधिएका महिलाको परिवारलाई पत्ता लगाउने प्रयास गरिरहेका छन्।

त्यसरी एक महिलालाई साङ्लोमा बाँधेर राखेको अवस्थामा पनि चिनियाँ सत्ताले उनको उद्धारका लागि भने कुनै पहल गर्न सकेको छैन। सरकारले उल्टै सिन्जियाङ, तिब्बत र हङकङमा श्रृंखलाबद्ध मानवताविरोधी अपराधहरु गरिरहेको छ।