नेपाली कांग्रेस महाकाली नगर कार्यसमिति सहसचिव सामन्त एमालेमा प्रवेश

२ बर्ष अघि

२0७८ चैत्र ३0 बुधबार

नेपाली कांग्रेस महाकाली नगर कार्यसमिति सहसचिव सामन्त एमालेमा प्रवेश

दार्चुला । नेपाली कांग्रेस महाकाली नगरकार्यसमिति सहसचिव गणेशसिह सामन्त नेकपा एमालेमा प्रवेश गरेका छन् । लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहि नेपाली कांग्रेस नगर कार्यसमिति सहसचिवको जिम्मेवारीमा रहेका सामन्तले पार्टी परित्याग एमाले प्रवेश गरेको नेकपा एमाले महाकाली नगरकमिटि अध्यक्ष नरसिह चैसिरले जानकारी दिनुभएको छ ।  नेपाली कांग्रेसमा २०५६ साल देखि क्रियाशिल रहेको भएता पनि पार्टीले जनताको पक्षमा हुने कुनै कार्य नगरेकाले नेकपा एमाले प्रवेश गरेको नवप्रवेशी सामन्तको धारणा रहेको छ । नेकपा एमाले जनताको वास्तविक पार्टी भएकोले पार्टीमा आबद्ध भएको बताउनुभयो ।