दार्चुला लगायत सुदुरपश्चिममा गौरा धुमधामका साँथ मनाईयो

६ बर्ष अघि

२0७५ भाद्र १८ सोमबार

दार्चुला लगायत सुदुरपश्चिममा गौरा धुमधामका साँथ मनाईयो

दृष्टिकोण समाचार  दार्चुला  
दार्चुला जिल्ला लगायत सुदुरपश्चिममा गौँरापर्वलाई विभिन्न प्रम्परा अनुसार धुमधाम मनाएका छन । 
भाद्र कृष्ण पञ्चमिका दिनबाट विधिपुर्वक सञ्चालन गरिने गौरापर्वको चौथो दिन दार्चुला जिल्लाका विभिन्न धार्मीक पठिहरुमा गौरा देविलाई पुजापाठ गर्दे गौरा पर्वमनाउने प्रचलन रहिआएको छ । 
प्रापुर्वकालबाट चलिहरको गौरापर्वका बारेमा जानबारी गराउदै मालिकार्जुन मन्दिर व्यवस्थापन समितिका सचिव जनक सिह धामीले बताउनु भयो । सोमबार अर्थात आजका दिन सुदुरपश्चिम भरि विभिन्न मठमन्दिरहरुमा गौरा देविको पुजा अराधना गरि विधिपुर्वक   पाँचओटा अन्नहरु केराउ, मास, गौत, अहुँ र गुरास मिसाएर तयार गरिने विरुडाले स्थानीय महिलाहरु गौरादेविको पुजा पश्चात पाँचओटा अन्न मिसाएको विरुडालाई प्रसादका रुमा ग्रहण गर्ने प्रचलन रहिआएको छ । 
पहिले त पुरानो प्रचलन अनुसार धुमारी , ठाडोखेल, गौरयललाउने र एकआपसमा बर्षभरिका सुखदुःख साँटा साँट गर्ने प्रचलन रहेको मालिकार्जुन ३ का स्थानीय मोहन सिह धामीले बताउनु भयो ।  दार्चुला जिल्ला लगाउयत बैतडि , डडेलधुरा, डोटि, बझाङ, कैलाली कञ्चनपुर  लगायत सुदुर पश्चिमभरि गौरा पर्व धुमधाम मनाएका छन । विभिन्न गाँउ तथा जिल्लाहरुमा विभिन्न प्रचलन अनुसार गौरापर्व विर्षजन गर्ने प्रचन रहिआएको छ ।