आफ्नो अपमान गरेको भन्दै सुदूरपश्चिममा गठबन्धनबाट बाहिरियो जसपा

२ बर्ष अघि

२0७८ चैत्र २९ मंगलवार

आफ्नो अपमान गरेको भन्दै सुदूरपश्चिममा गठबन्धनबाट बाहिरियो जसपा

धनगढी । सुदूरपश्चिममा जनता समाजवादी पार्टी जसपा  गठबन्धनबाट बाहिरिएको छ ।

केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

शनिबार धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो । केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश तथा स्थानीय स्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो । तर, जसपालाई आउट गर्दै अन्य सहयात्री दल अगाडि बढेपछि गठबन्धनबाट बाहिरिएको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले बताए ।

चौधरीले सुदूरपश्चिममा कुनै गठबन्धन नहुने बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।