राजपरिवारबारेमा कम्युनिस्टहरूले गलत प्रचार गरेको राजेन्द्र लिङ्देनको आरोप

२ बर्ष अघि

२0७८ चैत्र २९ मंगलवार

राजपरिवारबारेमा कम्युनिस्टहरूले गलत प्रचार गरेको राजेन्द्र लिङ्देनको आरोप

काठमाडौंं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिस्टहरूले राजपरिवारबारे गलत प्रचार गरेको आरोप लगाएका छन् । हेटौँडामा आइतबार आयोजित भेलालाई सम्बोधन गर्दै लिङ्देनले राजपरिवारबारे कम्युनिस्ट नेताहरूले दुष्प्रचार गरेर आफूलाई महान देखाउन खोजेको बताएका हुन् ।

‘कम्युनिस्ट नेताहरूले राजा, राजपरिवारबारे दुष्प्रचार गरेका थिए, राजाले स्विजरल्यान्डको बैंकमा अर्बौं रकम र सुन लगेर राखेका छन् । त्यो नेपाल ल्याउन सकियो भने, प्रत्येक नेपालीको चार बिघा जग्गा र सुन किन्न सक्छन् ।’ उनले भने, ‘आज राजाको शासन नभएको १५ वर्ष बितिसकेको छ, स्विटजरल्यान्डको बैंकमा कति रकम रैछ राजाको, खुलासा हुन सकेको छ रु’

१५ वर्ष कांग्रेस र कम्युनिस्टले देशमा राज्य सञ्चलन गर्दा गणतन्त्र घोषणा गर्नेबाहेक कुनै विकास निर्माणको काम गर्न नसकेको लिङ्देनले दाबी गरे । उनले बाटो गल्ती भयो भन्ने थाहा पाएपछि सच्याउनुपर्ने बताए ।

विकासको मेरुदण्ड शिक्षा भएकोले शिक्षाको अग्रगामी विकासका लागि राप्रपाको मुख्य एजेन्डा रहने उनले बताए