एआईजीपी केसीलाई सशस्त्र प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी

२ बर्ष अघि

२0७८ चैत्र २८ सोमबार

एआईजीपी केसीलाई सशस्त्र प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक आईजीपी शैलेन्द्र खनालले अवकाश पाएका छन् । २०७८ चैत २८ गते सोमबार राति १२ बजेपछि चार वर्षे कार्यकाल पूरा हुुने भएता पनि महानिरीक्षक खनालले चैत २८ गते सोमबार कार्यालय समयमै जिम्मेवारी बुझाएर विदावारी भएका छन् । आईजीपी खनालले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ ।

आईजीपी खनालले बुझबुझारथ भने पहिलो नम्बरका आईजीपी पुष्पराम केसीलाई औपचारिक रूपमा संगठन प्रमुखको जिम्मेवारी सुम्पिएर  विदावारी भएको स्रोत बताउछ ।  खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए । उनले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेको छैन ।

 

सशस्त्र प्रहरीमा अब आउने नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ । हाल एआईजी रहेका दुईजनामध्येबाट सरकारले एकजनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ । २१ दिनका लागि नयाँ महानिरीक्षकमा एआईजी पुष्पराम केसी र रामशरण पौडलको दाबी छ ।

दुवैजना खनालकै ब्याचमेट हुन् । ३० वर्षे सेवा अवधिका कारण २०७९ साल १९ वैशाखमा उनीहरूले अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि सरकारले पुनः नयाँ नेतृत्व चयन गर्नुपर्ने छ ।