सेनाले सशस्त्र प्रहरीलाई दियो पहिलो चरणको ५९० थान हतियार

२ बर्ष अघि

२0७८ चैत्र २८ सोमबार

सेनाले सशस्त्र प्रहरीलाई दियो पहिलो चरणको ५९० थान हतियार

काठमाडौ ।  नेपाल सरकार मन्त्रिपरिषद् को २४ चैत्रको निर्णयानुसार नेपाली सेनाले सशस्त्र प्रहरी बल¸ नेपाललाई १० हजार ६ सय नाल हतियार हस्तान्तरण गर्ने भएको छ ।  प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल इन्सास राईफल ९ हजार तथा लाईट सर्पोट वेपन ९एल।एस।डब्लु।० १६ सय नाल गरी जम्मा १० हजार ६ सय नाल हतियार मध्ये आईतबार पहिलो चरणमा ईन्सास ५ सय तथा लाईट सपोर्ट वेपन ९० नाल हस्तारण गरेका छन् ।

 

हतियार रक्षा सचिव किरणराज शर्मा तथा गृह सचिव टेकनाराण पाण्डेको उपस्थितिमा हस्तान्तरण भएको हो ।  नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका महासेनानी पूर्ण प्रसाद ढकाल र सशस्त्र प्रहरी बल¸ नेपालको तर्फबाट का।मु। सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले हतियार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 


यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र प्रहरी बल¸ नेपालको क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वासका साथ हतियार हस्तानान्तरण गरिएको  उपरथी अशोक राज सिग्देल क्षेत्रीले बताए । 

 

सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु सञ्चालन गर्ने प्रयोजनका लागि हतियार हस्तान्तरण गरिएको जनाइएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकको निर्णयअनुसार सेनाले अझै हतियार दिने भएको हो । 

सहयोग स्वरुप दिन लागिएको र अझै ईन्सास राइफल नाल ९ हजार, लाइट सपोर्ट हतियार १ हजार ६ सय पनि उपलब्ध गराइने सेनाले जनाएको छ । सेनाका अनुसार बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गरिनेछ । ‘यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत थप बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, गृह सचिव टेकनारायण पाण्डे, बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथीसरोज प्रताप राणा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत सहभागी थिए ।