राम सिह धामी दृष्टिकोण समाचार दार्चुला
दार्चुला जिल्ला लगायत सुदुरपश्चिममा गौँरा पर्वको रौनक छाएको छ ।
भाद्र कृष्ण पञ्चमिका दिनबाट विधिपुर्वक रुपमा सञ्चालन गरिने गौरापर्वको दिन पाँचओटा अन्नहरु मिसाएर तयार गरिने विरुडा धुने प्रचलन रहेको मालिकार्जुन ३ का स्थानीय मोहन सिह धामीले बताउनु भयो । दार्चुला, बैतडि , डडेलधुरा लगायत सुदुर पश्चिमभरि शनिबार विरुडलाई तामाको भाँडामा बोकि नजिक रहेको धारा, पधेरो , अभार्थत ईनामा लगेर धुने प्रचलन रहिआएको छ । आजका दिन नयाँ विबाह गरेकी दुलहिले पनि चोखो भोको रहेर दुबधागो लगाउने गर्दछन भने आजकै दिन धान, सौप लगायत विभिन्न विरुवाहरु मिसाएर गाँैरा देविको मुर्ति बनाई पुजा गर्ने प्रचलन रहेको छ । दार्चुला जिल्लाको प्रमुख धार्मीक तिर्थस्थल रहेको मालिकार्जुन मन्दिर, हुनैनाथ, भगवति, लटिनाथ लगायतका धार्मीक स्थलहरुमा भाद्र १८ गते देखि मेला लाग्ने गर्दछ। गाँउघरमा लाग्ने मेलाहेर्न जिल्ला सरदमुकाममा कामको सिल्लामा रहेका तथा पढाईको सिल्लसिलामा रहेका स्थानीयहरु गाँउघर तर्फ फर्कीन थालेपछि दार्चुला जिल्ला सदरमुकाममा सुनसान बन्दै गएको छ । आज मात्रै छोटो दुरीका सवारी साधन प्रयोग गरि करिव २÷३ हजार जती यात्रुहरु सदरमुकामबाट बाहिरिएको महाकाली यातायातका टिकट कलस्टर लवराज अवस्थीले जानकारी दिनु भयो ।
गौरापर्बको बारेमा थप जानकारी परा पढ्नु हाेस
बिशेस गरी नेपालको सुदुरपस्चिम, मधयपस्चिम तथा भारतको कुमाउ प्रदेशमा मनाइने गौरापर्बको बिभिन्न ठॉउ अनुसार मनाइने चलन पनि फरक फरक रहेको पाइन्छ.!
सामन्यतया भाद्र शुक्ल पछ्यको पऩ्चमी तिथीबाट सुरुवात भई ठाउ र मान्यता अनुसार ६/७ दीनसम्म मनाइन्छ!
सुरूवातको दिन तथा पन्चमीको दिन जसको घरमा चोखो छ उनिहरूका घरमुली महीलाहरू बर्त बसेर पॉचओटा अन्नहरु(गहु,केराउ,गहत,सेतो मास) मिसाएर शुद्द तामाको भॉडामा शुद्द पानीमा भिजाएर शुद्द ठाउमा राखीन्छ जसलाई बिरूडा तथा क्वॉटी भनिन्छ, र बिभीन्न फलहरुखाएर बर्त तोड्छन र बेलुका मात्रै खाना खान्छन:
दोस्रो दिन तथा षस्ठीका दिन पनि बर्त बसी गॉऊ तथा टोलका सम्पुर्ण महिलाहरू भेला भएर निस्चित पधेरो तथा नौलामा गएर धान ,सौं का बोटको गौरा दिबीको प्रतीमा बनाएर बिभीन्न फलफुलहरु राखेर बिभीन्न फागहरू गाउदै भीजाइएका बिरूडा सामुहिक रूपमा रमाइलो गर्दै धोइन्छ र आ.आफ्नो घरमा लगेर कसैले नछुने गरी राखीन्छ अनि फलफुल खाएर बर्त तोडीन्छ:
तेस्रो दिन तथा सप्तमीको दिन अघिल्लो साल दोबी धागो ग्रहण गरिसकेका महिलाहरू पानी समेत नखाएर बर्त बस्छन! सॉझपख धान र सौ का बोटहरूको गौरा देबीको प्रतिमा बनाएर गौरेघरमा बाजागाजा सहीत गौरादेबी भीत्र्याइन्छ!त्यस पछी ब्राहमण बाट शूद्द गराएर गौराको प्रतीमा वरीपरी नया दोबी धागाहरु बॉधिन्छ र औपचारीक रूपमा सूरूवात हुन्छ:त्यो संगै गौरा प्रबको मूख्य दिन मानीने यस दिनमा महीलाहरूले सातओटा गॉठो पारेर बनाइएको बिसेस प्रकारको धागोलाई ब्राहमण द्वारा सुद्द गराएर फलका साथै ग्रहण गरेर बर्त तोड्छन जुन धागोलाई सप्तमी भनिन्छ र मिठो मिठो जसतै बटुक,सेलरोटी खिर लगाएतका भोजनहरु खाएर रमाइलोका साथ मनाइन्छ:तयसैगरी त्यही दिन नया दोबी धागो ग्रहण गर्ने महिलाहरू रात भरी त्यही गौरे घरमा बसी गौरा देबीको पुजा गरेर बस्छन र बिहान नुहाएर बत्ती बालेर मात्रै घरमा फर्कन्छन. तिनीहरूलाइ नौली बर्तालु भनिन्छ.
त्यसै गरी चौथो दीन तथा कि्रष्ण जन्माअष्ठामीका दिन पनी नयॉ दोबी धागो ग्रहण गर्नकालागी महीलाहरू बर्त बस्छन, अनि बिहानै गौरे घरमा गएर गौरादेबीको प्रतीमालाई बाहीर निकालेर घुमाउदै हल्लोरी बाला लगाएत बिभिनन फाग गाउदै बिरूडाले पुज्दै बिचमा राखीन्छ र फेरी त्यसै गरी पुजीन्छ:दिनभरि फाग सहित पुजेर सॉझतीर त्यो नया दोबी धागो निकालीन्छ र पूरीनो त्यही प्रतीमामा राखेर बिरुडा चाख्दै नया दोबी धागो ग्रहण गर्छन:र बर्त तोडीन्छ :त्यस पछी अा_आफना आफन्त लगाएत अरूहरुलाई आशिस दिएर बिरूडाले पूज्छन र प्रसादको रुपमा बिरूडा बाड्छन अनि नभेटेकोलाई घरसम्म पुर्याइ दिन्छन.यो दिन पुरै महिलाहरूले मात्रै मनाउने भएकाले
पछी गौरा भीत्र राखेपछी महिलाहरुले देउडा खेल्दै रमाउदै यो दिन पनि सकिन्छ.प्राचीन कालमा गौरा र बाघमा दुस्मनि भएकाले गौरेघरमा नसेलाएसम्म गौरालाई छौड्नु हुदैन भन्ने चलन छ र छोड्दैनन पनि..
त्यसैगरी चौथो दिन तथा राम नवमीका दिनबाट पूरुष तथा कुनै ठॉउमा महीलाहरुले पनि राम सिता ,लछ्मण,रावण,शिब पार्वती लगाएत बिभीन्न देबीदेवताहरूका गाथाहरूमा आधारीत ठाडो खेल, धुमारी,घारूडीहरू खेल्दै ४/५ दिन सम्म धुमधामका साथ मनाइन्छ:
जस्तै ठाडो खेल.....
सिता ज्यू रामैकी होइगैछ भेट..
को देउ जानन्ना मनैकी बात...यस्त यस्तै हुनिछन अरुपनि.....
........धुमारी...........
जसको राज्यनै छैन,राम ज्यू भन्छ मुइ राजा रे....
जसको सत्यनै छैन,सिता रानी भन्छे मुइ सत्यारी....
सातो सामल झीकसामा बौजु परदेश होइजाली भोक..
लत्ता कपडा झिकसामा बौजु परदेश होईजाली जाडी..
लैजाली बौजु पानी खाने घोडो...
कौलुके छउनो लंका घोडो.....
लंका घोडो हो लंका घोडो.....
जोगी रे जोगी अनैरूपे जोगी..
तै जोगीका कानैनु सोट्टा...
तै जोगीका घुऩरेल्ला लट्ठा.......
मालकी थलीमा चोर पस्यो रे.....
हॉहॉ मेरो कन्णोइ टुट्यो.....अादीआदी..
................धारूडी......... .........
धरुचेलीको जन्मदेखी विवाहसम्म जस्तै..........
एक पाते गोगन दोपाते भैछ.
दोपाते गोगन तेपाते भैछ...
हुर्कदै जान्छ फुलफुल्छ फल लाग्छ अनी झर्छ...
त्यस्तै गरी धारू चेलीको पनि जन्म हुन्छ.............
एकै दिन भयो धारु दूएइ दिन.
कठै तिनै दिन भए धारु चारै दिन..
हैन मेरी हो धारू चेली....
गर्दागर्दै न्वारन हून्छ .. महिना हुन्छ....
एकै मैना भए धारु दुएइ मैना..
कठै दूएइ मैना भए धारू तिनै मैना...
हैन मेरी हो धरू चेली......
गर्दा गर्दै बर्षदिन हुन्छ।
एकै बरष भए धारु दुएइ बरष कठै तिनै बर्ष भए धारु चारै बर्ष हेर्दाहेर्दै धारू चेली ब्ययउनी भैछ।
भणुभणू धारू चेली कैका झान्छेइ।
कठै जैका मेरा बाबा दिन्ना उइका झान्छु।
हैन मेरी हो घारू चेली।
स्वराडी ठाकूरैको बर आइछ।
भणुभणू घारूचेली कैका झानछेई।
कठै जैका मेरा बाबा दिन्ना उईका झान्छु।
हैन मेरी हो धारूचेली।
बिहेहुने पक्का भएपछी।
कठै कालालेक काला धुरा कसेरी रौलो बाबा
कठै माइती धर सम्जी सम्जी रएई चेली ।
हैन मेरी हो धारू चेली।
यस्तैयस्तै दुखान्त सूखान्त,वियोगान्त गाथाहरुमा आधारीत समय अनुसार ४/५ खेलदै रमाउदै मनाइए पछी अन्तीम दिन तथा सेलाउने दिन फेरी महीलाहरुले गौरे डालो टाउकोमा राख्दै घुमाउदै फागहरु गाउदै बिभीन्न बाजा गाजा ,छलिया नाच संगै गौरा सेलाउन तथा बिदाइ गर्न देबी देवताको मन्दीरमा लीएर जान्छन.त्यहा मन्दिर परिक्रमा गराएपछी धामी झाक्री काम्छन र गाऊ ठाऊमा राम्रो होस भनी आसीस दीन्छन.त्यस पछी एक ठॉउमा गौरा बिसर्जन गरिन्छ र गौरा राखेको त्यो डालोलाइ कुनैकुनै ठाउमा माथीबाट तल फालीन्छ र लूछाचुंडी गर्दै रमाइलो गरीन्छ र अन्तमा तल फालीन्छ र गौराको औपचारीक समापन गरिन्छ।