दार्चुलामा एमाले प्रचार विभाग र प्रेस चौतारीको संयुक्त बैठक सम्पन्न

२ बर्ष अघि

२0७८ चैत्र २८ सोमबार

दार्चुलामा एमाले प्रचार विभाग र प्रेस चौतारीको संयुक्त बैठक सम्पन्न

दार्चुला । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल दार्चुलाको संयुक्त बैठक सम्पन्न भएको छ । एमाले दार्चुलाका प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक वडालको अध्यक्षतामा आयोजित बैठकमा नेकपा एमाले पोलिटब्युरो सदस्य एबं सुदूरपश्चिम सहइन्चार्ज, पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो ।

एमाले जिल्ला इन्चार्ज तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता ठगुन्नाको प्रमुख आतिथ्यतामा आयोजित बैठकले आसन्न स्थानीय तह निर्वाचनमा प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालको भूमिकाका बारेमा छलफल गरेको छ । उक्त बैठकमा एमालेले अघि सार्ने चुनावी घोषणा पत्र र गाउँठाउँ र जनताका लागि गर्नुपर्ने प्रमुख काम तथा उम्मेदवारी चयन र निर्वाचनमा विजय सुनिश्चितता लगायत विविध विषयमा छलफल गरेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठगुन्नाले २०७९ वैशाख ३० गतेको निर्वाचनमा विजय हासिल गर्न सक्षम तथा लोकप्रिय उम्मेदवार चयन गर्न र जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्नका लागि गर्न सम्भव हुने कुराहरु मात्रै घोषणापत्रमा राखेर जनताको माझमा जान उम्मेदवार र आम कार्यकर्तालाई अनुरोध गर्नुभयो । नेता ठगुन्नाले शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने, सबै नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने र रोजगारी सिर्जना गर्ने कुरामा स्थानीय तहमा निर्वाचित हुने एमाले उम्मेदवारले विशेष प्राथमिकताका साथ ध्यान दिने बताउनुभयो । निर्वाचित भएको एक महिनाभित्रै एमाले सरकारले आवश्यक कानुन बनाउछ, नीति तथा योजना आयोग बनाउ र जनताका समस्या समाधान गर्दै विकास र समृद्धिको दिशामा कामहरु अघि बढाउछ् ।

कार्यक्रमका अधिकासं नेताहरुले एमालेको पक्षमा जनमत सिर्जना गर्नका लागि आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए । दार्चुलाका सबैजसो स्थानीय तहमा एमालेको विजय सुनिश्चित रहेको र गठबन्धनलाई सजिलै परास्त गर्ने शक्ति एमालेसंग रहेको तथा जनताले एमालेप्रति आशा, भरोसा गरेर विजयी गराउने नेताहरुको भनाई छ ।