जम्मु काश्मीरमा धारा ३७० खारेजीपछि विदेशी आतंकवादीहरूको घुसपैठमा तीव्र गिरावट

२ बर्ष अघि

२0७८ चैत्र २८ सोमबार

जम्मु काश्मीरमा धारा ३७० खारेजीपछि विदेशी आतंकवादीहरूको घुसपैठमा तीव्र गिरावट

नयाँ दिल्ली । भारतको सरकारले धारा ३७० को खारेज गरेपछि जम्मु काश्मीरमा आतंकवादी घटनाहरुमा तीव्र गिरावट आएको छ। यससँगै विदेशी आतंकवादीहरूको घुसपैठ र विरोध प्रदर्शनका घटनाहरु पनि ओरालो लागेका छन्।

केन्द्रीय रिजर्व पुलिस बल ९सीआरपीएफ० का महानिर्देशक कुलदीप सिंहले जम्मु र काश्मीरमा लक्षित हत्याका घटनाहरु पनि कम भएको बताए।

उनले भने, ‘केही समय आतंकवादी घटनाहरूमा कम भएको थियो। पछिल्लो समय केही हत्याका घटनाहरु देखिएका छन्। यसको गम्भीररुपमा अनुसन्धान भइरहेको छ।’

यहाँ सीआरपीएफ मुख्यालयमा पत्रकार सम्मेलनको क्रममा प्रश्नहरूको जवाफ दिँदै सिंहले भने, ‘सीआरपीएफले तुरुन्तै जम्मु र काश्मीरमा आतंकवादी घटनाहरू नियन्त्रण गर्ने प्रयास गरेको छ।

जब यो इनपुटहरू प्राप्त हुन्छ। यी घटनाहरू त्यहाँ रहेका आन्तरिक आतंककारीहरूद्वारा पूर्ण रूपमा नियन्त्रित छैनन्। कतिपय अवस्थामा यो सीमापार बस्नेहरूद्वारा नियन्त्रण गरिन्छ र कसलाई लक्षित गर्ने वा नगर्ने भनेर निर्देशन दिइन्छ।’

सीआरपीएफ डीजीले केही निर्देशनहरू विदेशी भूमिबाट पनि आउने गरेको र त्यसलाई नियन्त्रण गर्न आफूहरु सक्रिय भएकोसमेत उनले बताएका छन्। जम्मु काश्मीरमा विदेशी आतंकवादीहरुको घुसपैठको संख्यामा तीव्र गिरावट आएको र कहिलेकाहीं, आतंकवादी घटनाहरूमा वृद्धि हुने गरेको बताइएको छ।

अधिकारीले सीआरपीएफले जम्मु र कश्मीरमा १७५ आतंककारीहरूलाई निष्प्रभावी गरेको र मार्च १, २०२१ देखि मार्च १६, २०२२ सम्म १८३ जनालाई गिरफ्तार गरिएको जनाइएको छ। यसैबीच सीआरपीएफले जम्मू काश्मीरबाट २५३ हतियार बरामद गरेको छ भने सात हजार ५४१ गोला बारूदका साथै ९६ किलोग्राम विस्फोटक पदार्थ पनि बरामद गरिएको छ।