महाकालीमा हाम फालेकी महिलाको मृत्यु

२ बर्ष अघि

२0७८ चैत्र २७ आईतवार

महाकालीमा हाम फालेकी महिलाको मृत्यु

दार्चुला  । महाकाली नदीमा हाम फालेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–४स्थित घाटबजारको एक होटलमा काम गर्ने अपिहिमाल गाउँपालिका–४ खात्तिकी अन्दाजी २८ वर्षीया दमन्ती धामी ९दशरती० ले नदीमा हाम हालेकी हुन् । आइतबार बिहान १० बजेको समयमा रिङनतालको सिढीबाट महिलाले महाकाली नदीमा हाम फालेको स्थानीयले बताएका छन् । सोही स्थानमा आवतजावत गर्ने मानिसहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यस लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिव २ किलोमिटर तल वडा नम्बर ५ नमस्कार मन्दिर क्षेत्रको किनारबाट मृत अवस्थामा शव निकालिएको बताइएको छ । प्रहरीले भने मृतकको नाम, ठेगाना नखुलेको तथा अनुसन्धान भइरहेको बताएको छ । उनको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।