सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो

२ बर्ष अघि

२0७८ चैत्र २७ आईतवार

सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो

काठमाडौँ  । साताको पहिलो दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ । यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १० रुपैयाँले बढेको छ।  शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।