पाकिस्तानी संसद्‍मा अझै प्रधानमन्त्रविरुद्ध अविश्वासको प्रस्तावमा मतदान भएन

२ बर्ष अघि

२0७८ चैत्र २६ शनिबार

पाकिस्तानी संसद्‍मा अझै प्रधानमन्त्रविरुद्ध अविश्वासको प्रस्तावमा मतदान भएन

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि अझै मतदान हुन सकेको छैन । सर्वोच्च अदालतको आदेश अनुसार शनिबार बिहान साढे १० बजे संसद्को बैठक बसेर खानविरुद्धको अविश्वासमा मतदान हुने कार्यक्रम थियो । यद्यपि साढे १० बजे संसद्को बैठक बसेको केही समयमा नै साढे १२ बजे सम्मका लागि स्थगित गरिएको थियो ।

सांसद शाजिया सोबियाकी आमाको निधन भएको भन्दै केही समयलगत्तै बैठक साढे १२ बजे बस्नेगरी सारिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । साढे १२ बजे बस्ने भनिएपनि बैठक निकै ढिलागरी शुरु भएको थियो । हाल प्रधानमन्त्रीमाथिको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ ।