अबैदरुपमा महाकाली नदिबाट बलुवा निकासि हुदै ,स्थानीय सरकार मौन 

६ बर्ष अघि

२0७५ भाद्र १५ शुक्रबार

अबैदरुपमा महाकाली नदिबाट बलुवा निकासि हुदै ,स्थानीय सरकार मौन 

सुलोचना महता भाद्र १५ दार्चुला 
दार्चुला जिल्लाको महाकाली नदिबाल पछिल्लो समय अबैदरुपमा बालुवा तथा गिट्ट निकासि बढेको छ ।
महाकाली नदिबाट बालुवाको प्रति क्यु. फिट  १ रुपैँया ५० पैँसा, साधारण ढुङगा प्रति क्यु. फिट, १ रुपैँया ५० पैँसा, गा्रवेलबाट प्रति क्यु.फिट ३ रुपैँया, चुन ढुङगा बाट प्रति क्यु.फिट ३ रुपैँया, छाप्ने ढुङगा बाट प्रति वर्ग फिट ३ रुपैँया र  स्लेटबाट प्रति क्यु.फिट ३ रुपैँयाका दरले राजश्व उठाउन सकिने भएपनि दार्चुलामा भने कुनै किसिमको राजश्व उठाएको पाईएको छैन । दार्चुला महाकाली नदि नियन्त्रण आयोजनालाई  ४.५ किलोमिटर तटबन्ध निर्माण गरिरहेको क्षेत्रमा बालुवा प्रयोग गरेवाफत राजश्व  तिर्ने भनिएको भए पनि अहिले सम्म महाकाली नदि नियन्त्रण आयोजनाले नबुझाएको जिल्ला समन्यव समितिका प्रमुख करविर बहादुर कार्कीले बताएका छन् । 
प्राकृतिक सा्रेत तथा साधनको कसलेहेर्ने भन्ने कुरा स्पष्ट नभएको र भाद्र १ गतेबाट जारी गरीएको ऐन अनुसार प्राकृतिक सा्रेत तथा साधन व्यवस्थापन समिति गठन गरी असोज महिना भित्र निमावली बन्ने पछि उक्त समितिले प्राकृतिक सा्रेत तथा साधनहरुको व्यवस्थापनका लागि आवश्यक पहल चालिने समन्वय समिति प्रमुख कार्कीले बताउनु भयो । 


महाकाली नदीको  बालुवाबाट घरखर्च चलाउदैँ
दार्चुला जिल्लाको सदरमुकाम खलंगा स्थित महाकाली नदीबाट बालुवा निकाल्दैँ सयौँ मानिसहरुले आफ्नो जीवन चलाउदैँ आएका छन् । 
विगत वर्षात्को २÷३  महिना देखि महाकाली नदीबाट बिहानै देखि बेलुका सम्म बालुवा  ६० देखि ७० कठा बालुवा निकालेर स्थानिय बासीले आफ्नो जिविका चलाइरहेका छन् । महाकाली नगरपालिका क्षेत्रभित्र किमतडी, विरेन्द्र वन, बाङगाबगड र सिरबगड सम्मका स्थानिय बासीहरुले बालुवा निकाल्ने गरेको व्यासँ गाँउपालिका ४ का स्थानीय तथा  हाल महाकाली नगरपालिका वाड नं. ४ बस्ने अमर सिंह खत्रीले बताउनु भयो । रोजगारी नपाएपछि  साउन, भाद्र महिनामा बालुवा निकाली हिउँदको महिना सम्म बिक्री गर्ने गरेको खत्रीले जानकरी दिनु भयो । 
यसैगरी दार्चुला सदरमुकाममा बालवच्चा पढाउनका लागि जिल्ला सदरमुकाम आएका महिलाहरुले पनि महाकाली नदिबाट बालुवा निकाल्ने तथा मजदुरी कामगरेर कोठा भाडा तिर्न तथा केटा केटीहरुको स्कुलको शुल्क दिन सजिलो भएको नौगाड गाउँपालिका वाड नं. २ का पावर्ति महराले भन्नु भयो । विहान बालुवा निकाल्ने र दिउँसो विक्री गरि घरखर्च चलाउनु सहज भएको स्थानीय महराले बताउनु भयो । तर नेपाल सरकार तथा स्थानीय तहहरुले हरेक क्षेत्रको स्थानीय स्थरमा रहेका प्राकृतिक स्रोतहरुको प्रयोग गरेबाफत कर तिनु पर्ने भएता पनि महाकाली नगरपालिका क्षेत्रमा रहेको विभिन्न स्थानबाट महाकली नदिबाट अबैदरुपमा बालुवा निकासि हुदा समेत स्थानीय सरकार र सरोकावाल निकायहरु भने अनविज्ञय रहेकाले प्राकृतिक स्रोत साधनको सदउयोग हुन सकेको छैन । स्थानीय स्रोत साधनका बारेमा महाकाली नगरपालिकाले कुनै किसिमको राजश्व उठाउन नसकेको र अवका दिनमा अबैद बालुवा निकासिलाई कमगर्न महाकाली नदिनियन्त्रण आयोजना सित ठेक्काप्रकृयामा रहेको महाकाली नगरपालिका प्रमुख हंषराज भट्टले बताउनु भयो ।