मार्मामा जीप दुर्घटना हुँदा छ जना घाइते

२ बर्ष अघि

२0७८ चैत्र २६ शनिबार

मार्मामा जीप दुर्घटना हुँदा छ जना घाइते

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्वर २ सिमार नजिक सु प प्र ०१ ००१ ज १२०८ नम्बरको जीप सडकमा पल्टिदा छ जना घाइते भएका छन्। शनिबार विहान दुर्घटना भएको हो। जीपमा १० जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।