बुढीगण्डकी आयोजना आफै बनाउने देउवा सरकारको माइलस्टोन निर्णय, कामै नगर्ने चिनियाँ कम्पनीको ठेक्का रद्ध

२ बर्ष अघि

२0७८ चैत्र २६ शनिबार

बुढीगण्डकी आयोजना आफै बनाउने देउवा सरकारको माइलस्टोन निर्णय, कामै नगर्ने चिनियाँ कम्पनीको ठेक्का रद्ध

काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना आफै बनाउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बुढीगण्डकी चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय खारेज गरेको हो । 

अब सरकार आफैले यो आयोजना बनाउनेछ। यसअघि पनि प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले यो आयोजना नेपाल आफैले बनाउने निर्णय गरेका थिए । तर चीनप्रति झुकाव राख्ने तत्कालीन नेकपा सरकारले चीनलाई सुम्पिएको थियो । 

त्यसलाई फेरि प्रधानमन्त्री बनेर देउवाले करेक्सन गरेका छन् । र यो निर्णय सरकारको माइलस्टोन निर्णयका रुपमा लिइएको छ । अब यो आयोजना नेपाल आफैंले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउनेछ ।