अपिहिमालमा एमालेले गाउँपालिका अध्यक्षमा मन्याल र उपाध्यक्षमा बोहरालाई दोहोर्याउने

२ बर्ष अघि

२0७८ चैत्र २५ शुक्रबार

अपिहिमालमा एमालेले गाउँपालिका अध्यक्षमा मन्याल र उपाध्यक्षमा बोहरालाई दोहोर्याउने

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा धर्मानन्द मन्याल (डिएन घाजिरेल) र उपाध्यक्षमा उर्मीला बोहरालाई दोहोर्याउने भएको छ । अपिहिमाल गाउँपालिकामा वहालवाला गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याललाई अध्यक्ष र उपाध्यक्ष उर्मिला बोहरालाई उपाध्यक्षमै दोहोर्याउने निर्णण गरिएको एमाले अपिहिमाल गाउँपालिका कमिटीले जनाएको छ ।विद्यार्थी राजनीति हुँदै २०७४ सालमा अपिहिमाल गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएका मन्याल युवा नेता तथा प्रखरवक्ताका रुपचा चिनिनुहुन्छ । उपाध्यक्ष बोहरा एमाले जिल्ला कमिटी सदस्य तथा अनेमसंघ जिल्ला उपाध्यक्षको जिम्मेवारीमा समेत हुनुहुन्छ ।
दार्चुलामा नेकपा (एमाले) ले पहिलो चरणको चुनावी आमसभाहरु सम्पन्न गरेर उम्मेदवार छनोट गरिरहेको छ ।