दार्चुलाका ३७ हजार बालबालिकाले टाईफाइड विरुद्धको खोप पाउदै

२ बर्ष अघि

२0७८ चैत्र २५ शुक्रबार

दार्चुलाका ३७ हजार बालबालिकाले टाईफाइड विरुद्धको खोप पाउदै

दार्चुला । दार्चुलामा १५ महिना देखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइडविरुद्धको टिसिभी खोप लगाउन सुरु गरिएको छ । चैत्र २५ गते देखि ३० गते सम्म अभियान सञ्चालन गरी दार्चुला जिल्ला भरीका करिब ३७ हजार बालबालीकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । 
स्वास्थ्य कार्यालय दार्चुला अधिकृत भट्टका अनुसार जिल्ला भरीका ३६ हजार ९ सय ४० जना बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाइदै छ । 
यो खोप ९६ दशमलव ९० प्रतिशत प्रभावकारी मानिएको छ । दार्चुलामा ५ दिनको अभियान संचालन गरेर खोप दिइसक्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरी ४ सय २१ ओटा खोप केन्द्र कायम गरिएकोमा ८० प्रतिशत केन्द्र विद्यालयमा रहेका छन ।