शैल्यशिखर नगरपालिकाको प्रमुखमा एमालेबाट विजय धामीको उम्मेवारी

२ बर्ष अघि

२0७८ चैत्र २५ शुक्रबार

शैल्यशिखर नगरपालिकाको प्रमुखमा एमालेबाट विजय धामीको उम्मेवारी

दार्चुला । दार्चुलाको शैल्यशिखर नरपालिकामा नेकपा एमालेको तर्फबाट विजयसिह धामीलाई उम्मेदवार बनाउने सहमति भएको छ । नेकपा एमाले जिल्ला कमिटि सदस्य धामीलाई नगरप्रमुख पदमा उम्मेदवार बनाउने सहमति जेटेको एमाले प्रदेश कमिटि सदस्य एवं जिल्ला कमिटि पुर्व अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । सर्वसहमतिमै मेयरको उम्मेदवारी टुगो लगाएका छौ नेता जोशीले भन्नु भयो । 

सर्वसहमतिमै मेयरको उम्मेदवारी टुगों लगाएका छौँ, नेता जोशीले भन्नुभयो, शैल्यशिखरमा एमालेको विजय सुनिश्चित हुने ढंगले तयारी गरिरहेका छौँ । शैल्यशिखरमा नगरप्रमुख पदका आकाक्षिं सबैले धामीलाई सहमति दिएको उहाँको भनाई छ ।
यसअघि दार्चुलाको नौँगाड गाउँपालिका अध्यक्षमा प्रेमसिंह धामी र दुहुँमा नरेन्द्रसिंह बडाललाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । अन्य पालिकामा उम्मेदवार छनोटको विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । अधिकांस वडाहरुको उम्मेदवारी सहमतिमै टुगों लागिसकेको बताउदै नेता जोशीले पालिका उम्मेदवार समेत सहमतिमै टुगों लाग्ने बताउनुभयो ।