स्थानीय चुनावमा समान ढंगबाट अहिलेको गठबन्धन अगाडि बढ्ने नेता खगराज भट्ट

२ बर्ष अघि

२0७८ चैत्र १९ शनिबार

स्थानीय चुनावमा समान ढंगबाट अहिलेको गठबन्धन अगाडि बढ्ने नेता खगराज भट्ट

दार्चुला ।  सुदुरपश्चिम प्रदेशमा सबै स्थानीय तहहरुमा अहिलेको गठबन्धनले जित हाँसिल गर्ने नेकपा माओवादि केन्द्रका नेता खगराज भट्टको  भनाई छ । शनिबार दार्चुला जिल्ला पुग्नु भएका नेता भट्टले पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनु भएको  हो । अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्ने क्रममा दार्चुला पुग्नु भएको नेता भट्टले अहिलेको गठबन्धनले सविधानको रक्षा गर्ने गरि काम गरिरहेको र अवको निर्वाचनमा पनि सत्तामा रहेको गठबन्धनले एक ढिक्का भएर अगाडि बढ्ने कुरा बताउनु भयो ।  अहिलेको सरकारको गठबन्धन माओवादी , काङग्रेसका लागि मात्रै नभई समग्र जिल्लाको जित र नेतृत्व सहितको परिर्वनका लागि सबै पार्टी संग गठबन्धन गरि अगाडि बढ्ने प्रयत्नका साँथ नेकपा माओवादि केन्द्र अगाडि बढिरहेको नेता मानबहादुर धामीको भनाई छ ।  प्रेस सेन्टर नेपाल दार्चुला शाखाको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा जिल्लामा कृयासिल पत्रकार तथा नेकपा माओवादि केन्द्रका नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।