विद्युत् पोल कि, हिड्ने पुल ?

६ बर्ष अघि

२0७५ भाद्र १५ शुक्रबार

विद्युत् पोल कि, हिड्ने पुल ?

लोकेन्द्र बम, भाद्र १५ दार्चुला । दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर ५ मा बाटो अबरुद्ध भई रहन्छ । बर्षातको समयमा दुँुहुँको पासुमा पहिरो जाँदा स्थानीयलाई आवत जावतमा समस्या भइरहन्छ । 
कमजोर भिरालो भू—भाग भएकाले पानी पर्दा सिलिङचौरमा पहिरो गइरहन्छ । दार्चुला तिङ्कर सडकले पुरानो बाटोहरुको नाम निसाना हटाएपछि सडक भएर आवत जावत गर्नु पर्छ तर बर्षाले कच्ची सडक पनि पुरै हिलाम्मे भएपछि स्थानीयलाई हिडडुल गर्न झन समस्या भइको हो । अझै बाटो पनि पहिरोले लगे पछि स्थानीयहरुले अस्थायी रुपमा विजुलीको पोल राखेर पुल बनाएका छन् । त्यसै पुलबाट जोखिमपुर्ण यात्रा गर्दा दुँहूका स्थानीयलाई समस्या भएको छ ।